• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ सेवा सञ्चालन

  • आइतवार, भदौ २०, २०७८
माछापुच्छ्रे बैंकको थप ७ शाखा रहित बैंकिङ सेवा सञ्चालन

माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालीका ६, काठमाण्डौँ जिल्लाको कीर्तिपुर नगरपालीका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर रहेका छन ।

त्यस्तै, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैंैकिङ सेवा सञ्चालनमा ल्याएको हो । बैंकिङ पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भुक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैंकले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैंकिङ सेवा र  ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानवाट १० लाखभन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैंकिङ सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि