• होमपेज
  • वाणिज्य बैंक
  • प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता

प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता

  • बुधबार, भदौ १६, २०७८
प्रभु बैंक र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनबीच शैक्षिक कर्जा सम्बन्धी सम्झौता

प्रभु बैंक लि. र मण्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनकाबीच ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशन मा अध्ययन गर्ने विद्यार्थीहरुलाई शैक्षिक कर्जा उपलब्ध गराउने सम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको छ । प्रभु बैंक लि. का तर्पmबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र ग्लोबल एकेडेमी अफ टुरिजम एण्ड हस्पिटालिटी एजुकेशनका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत खेम राज लकाईले कलेज मा आयोजित एक कार्यक्रममा उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

प्रभु बैंक लि. र गेट कलेजका विच आज सम्पन्न सम्झौता बमोजिम होटेल तथा पर्यटन विषय लिई उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई उक्त कलेजको सिफारिसमा प्रभु बैंकले आवश्यक प्रक्रिया पूरा गरी अधिकतम पाँच लाख रुपैयाँसम्मको शैक्षिक कर्जा सुविधा उपलब्ध गराउने छ । यो शैक्षिक कर्जा सुविधा रकम सहुलियतपूर्ण ब्याजदरमा उपलब्ध हुने सम्झौतामा उल्लेख छ ।

शैक्षिक कर्जा सम्बन्धी यो सम्झौताले आर्थिक अभावले होटेल म्यानेजमेण्ट तथा पर्यटन जस्तो प्राविधिक विषयमा उच्च शिक्षा अध्ययन गर्न कठिनाई झेलिरहेका देशका क्षमतावान एवं जेहेन्दार विद्यार्थीहरुलाई उक्त कलेजमा भर्ना भई उच्च शिक्षा हासिल गर्न आर्थिक रुपमा सहयोग पुग्नेछ ।

योे सम्झौता पश्चात् उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले आर्थिक अभावमा उच्च शिक्षा हासिल गर्नबाट बन्चित हुनु पर्ने अवस्थाको अन्त्य हुने आशा गरिएको छ र यो सम्झौताले होटेल तथा पर्यटन क्षेत्रका लागि आवश्यक दक्ष एवं प्राविधिक जनशक्ति उत्पादन भई समग्र देश विकासमा योगदान पुग्ने बैंकले विश्वास लिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने