• होमपेज
  • समाचार
  • नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

  • बुधबार, भदौ १६, २०७८
नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले भारतविरुद्धको खेल जित्नकै लागि खेल्ने बताउनुभएको छ ।

नेपाल र भारतबीच हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा दर्शकले प्रवेश पाउने भएका छन् । खेलको अघिल्लो दिन बुधबार पत्रकार सम्मेलनमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाले दर्शकलाई प्रवेशका लागि प्रशासन र कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)बाट अनुमति प्राप्त भइसकेको बताए ।

उनले बुधबार मात्रै दर्शक प्रवेशका लागि अनुमति पत्र पाएको  र करीब ५ हजार १ सय दर्शक प्रवेश गराउने योजना रहेको बताए ।

‘दर्शक प्रवेशका लागि सीसीएमसीबाट अनुमति सहितको पत्र प्राप्त भएको छ । ५ हजार १ सय दर्शकलाई प्रवेश अनुमति दिने योजना छ,’ शेर्पाले भने, ‘कोभिड–१९ विरुद्धको दुवै डोज खोप लगाएका वा पीसीआर नेगेटिभ रिपोर्ट भएका दर्शकलाई प्रवेश अनुमति दिइनेछ ।’

उनले रंगशाला प्रवेशका लागि ५ वटै गेट खुल्ला रहने पनि जानकारी दिए ।

शेर्पाले सरकार र फिफा एएफसीले तोकेको सबै मापदण्ड पूरा गरेर खेल सञ्चालन गर्ने बताए । खेल हेर्नका लागि अनलाइनबाट टिकट किन्न सकिने उनले जानकारी दिए ।

पत्रकार सम्मेलनमा एन्फाका उपाध्यक्ष तथा मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलका संयोजक उपेन्द्रमान सिंहले आयोजनाका सबै तयारी पूरा भइसकेको बताए । ‘हामीले सबै प्रकारको सुरक्षा सावधानीका लागि तयारी पूरा गरिसकेका छौं । हामी सरकारले तोकेका सबै स्वास्थ्य आचारसंहिताको पूर्ण पालना गर्नेछौं ।’

साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाल र भारतबीच बिहीबार र आइतबार गरी दुई मैत्रीपूर्ण खेल हुँदैछन् । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे शुरु हुनेछ ।

साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ सम्म माल्दिभ्समा आयोजना हुनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि