• होमपेज
  • समाचार
  • मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

  • मङ्लबार, भदौ १५, २०७८
मुक्तिनाथ कृषि कम्पनी चौथो वर्षमा प्रवेश

मुक्तिनाथ बिकास बैंक लि. लगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापना भएको मुक्तिनाथ कृषि कम्पनी लि.ले सफलतापूर्वक तेश्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गर्दे गरेको सन्दर्भमा देशभर रहेका कृषि व्यवसायिहरु, कृषकहरु, आम उपभोक्ता, युवाहरु र सम्बन्धित सवै सरोकारवालाहरु एक आपसमा प्राविधिक तथा व्यवसायिक साझेदारी गरी देशको समग्र कृषि अर्थतन्त्रको विकासमा टेवा पुर्याउन सहकार्य गर्ने अभिप्रायले यो पे्रस वक्तव्य जारी गरीएको हो ।

कम्पनीले देशको कृषि अर्थतन्त्रमा टेवा पुर्याउनको लागि कृषि पेशालाई प्रतिष्पर्धि र मर्यादित बनाई युवाहरुको आकर्षणको केन्द्र बनाउने लक्ष्य सहित समग्र कृषि मुल्य श्रृङखलाको अवयवहरुमा काम गर्ने उद्देश्य लिएको छ । विभिन्न उद्देश्यहरु प्राप्तिको लागि आफ्नो स्थापना काल देखि विभिन्न कृषि व्यवसायि, कृषक समुह तथा सहकारीहरुसंग सहकार्य गर्दे कृषकहरुलाई आवश्यक पर्ने गुणस्तरीय उत्पादका साधनहरु, प्रविधि र वित्तिय पहुँचमा सहजिकरण कसरी गर्न सकिन्छ र कृषकहरुले उत्पादन गरेको उपजहरुलाई उपभोक्त समक्ष कसरी सहज, सुलभ र सुरक्षित रुपमा पुर्याउन सकिन्छ भन्ने सन्दर्भमा विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय संघसंस्था, उत्पादक कम्पनीहरु संग सहकार्य गर्दे आफ्नो स्थापना काल देखिनै, देशका विभिन्न भुभागमा कृषि पेशा गर्दे आइरहेका कृषकहरुलाई सहजिकरण गर्नको लािग सोहि अनुसार व्यवसायिक साझेदारी गरी व्यवसाय संचालन गर्दे आइरहेको जानकारी गराउन चाहान्छौ ।

हालसम्म कम्पनीले १५ वटा भन्दा बढि जिल्लाहरुमा आधिकारीक व्यवसायिक साझेदार निर्माण गरी ५० वटा भन्दा बढि जिल्लाका कृषकहरुलाई गुणस्तरीय सेवा विस्तार गरेको छ । संगसंगै कृषकहरुलाई समयानुकुलका आवश्यक प्रविधि हस्तान्तरणको लागि तालिम लगायतका अभियानहरु संचालन गर्दे आएको छ । जसको फलस्वरुप तेश्रो वार्षिक उत्सवको अवसरमा आ.व. २०७७÷०७८ मा उत्कृष्ठ व्यवसायिक साझेदार गर्ने विभिन्न कम्पनी÷फर्म÷कृषक समुहहरुलाई पुरस्कृत गरेको छ ।

जसअन्तरगत गणपति एग्रिकल्चर प्रा.लि., धादिङ लाई वर्ष उत्कृष्ट व्यवसाय साझेदार पुरस्कार, जय किसान एग्रो मार्ट एण्ड मेसिनरी, कपिलवस्तुलाई उदाउँदो व्यवसायि पुरस्कार, तमोर कृषि भण्डार, झापालाई दिगो व्यवसायिक साझेदार पुरस्कार र भिउ टावर तरकारी पकेट, काठमान्डौलाई उत्कृष्ट कृषक समुह पुरस्कारबाट सम्मानित गरीएको छ । साथै कम्पनीको सेवामा रहि उत्कृष्ठ कार्य सम्पादन गर्ने कर्मचारीहरु श्री कमल पण्डितलाई वर्ष उत्कृष्ट कर्मचारी र सन्दिप रिजाल, दिपेश थापा र हेमराज ढकाललाई विभिन्न विधामा पुरस्किृत गरी थप हौसला प्रदान गर्ने काम भएको छ ।

यसै सन्दर्भमा उत्कृष्ठ व्यवसायिक साझेदारी गरी पुरस्किृत हुनुभएका कृषि व्यवसायिहरुले मुक्तिनाथ कृषि कम्पनीले प्रवाह गरेको गुणस्तरीय वस्तु तथा सेवाहरु कृषकहरु समक्ष पुर्याउँदा, कृषकहरु त्यसको प्रतिफलबाट निकै खुशि रहेको प्रतिक्रिया दिदै आगामी दिनमा वस्तु तथा सेवाहरुको दायरा अझ फराकिलो बनाउन सुझावहरु सहित व्यवसायिक साझेदारीलाई अझै मजबुत बनाई अगाडि बढ्न हौसला प्रदान गनुभएको छ ।

चौथो वर्ष प्रवेश गर्दे गर्दा कम्पनीले गरेका असल कार्यहरुलाई निरन्तरता दिँदै, यसै वर्षदेखि देशभरी नै व्यवसाय विस्तार गर्नको लागि स्थानिय कम्पनी÷फर्म÷एग्रोभेट÷कृषक समुह÷सहकारीहरुसंग संस्थागत सहकार्य गर्दे कृषकहरुलाई आवश्यक उत्पादनका साधन, प्रविधि, पुँजि र कृषि उपजहरुको बजारीकरणलाई व्यवस्थित गरी आम उपभोक्तालाई सहज, सरल र सुरक्षित खाद्य वस्तुहरु उपलब्ध गराउने दिशामा कम्पनी अग्रपंक्तिमा रहि काम गर्ने विश्वास दिलाउन चाहान्छौ ।

साथै तेश्रो वार्षिक उत्सवमा उपस्थित संचालक समितिका सदस्यहरु, मुक्तिनाथ बैंकका प्रमुख कार्यकारी अधिकृत, मुक्तिनाथ कृषि कम्पनीका प्रमुख कार्यकारी अधिकृत, कम्पनी सचिव, सम्पूर्ण कर्मचारीहरु, विभिन्न जिल्लाहरुबाट उपस्थित व्यवसायिक साझेदारहरु र पत्रकार वर्गमा हार्दिक धन्यवाद ज्ञापन गर्दे कम्पनीले यसै वर्ष पाँच वर्षे रणनैतिक योजना निर्माण गरेको र सोहि अनुसार कृषि मुल्य श्रृङखलामा व्यवस्थापकिय काम गर्दे पाँच वर्षमा कम्पनीलाई कृषि श्रोत केन्द्रको रुपमा स्थापना गर्ने लक्ष रहेको यसै वक्तव्य मार्फत सम्पूर्ण कृषि व्यवसायि, कृषक, आम उपभोक्ता र युवावर्गमा जानकारी गराउँदै सम्पूर्णमा सहकार्यको लागि आवहान गर्दछु ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा