• होमपेज
  • समाचार
  • गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

  • बुधबार, भदौ ९, २०७८
गृहमन्त्रीद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको प्रगतिबारे जानकारी

गृहमन्त्री बालकृष्ण खाँणद्वारा भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिनुभएको छ ।

गृहमन्त्री खाँणले गृह मन्त्रालयमा आज संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादव कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई बोलाएर विमानस्थलमा भएको प्रगतीबारे जानकारी लिनुभएको हो । उहाँले विमानस्थलमा कति काम भयो र कति काम गर्न बाँकी छ र कहिलेसम्म उद्घाटन गर्न सकिन्छ भन्नेबारे सचिव र महानिर्देशक समक्ष जिज्ञासा राख्नुभएको थियो ।

जवाफमा सचिव कोइराला र महानिर्देशक पोखरेलले ‘क्यालिब्रेसन फ्लाइट’का लागि भारतलाई आग्रह गरिएको भन्दै भारतीय टोली आएर ‘क्यालिब्रेसन फ्लाइट’को काम पूरा गरेपछि तीन महिनाभित्र उद्घाटन गर्न सकिने बताउनुभएको थियो । सचिव कोइराला र महानिर्देशक पोखरेलले गृहमन्त्री खाँणलाई विमानस्थल निर्माणका क्रममा भएका प्रगति, देखिएका समस्या र अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या र राजनीतिक तहबाट समाधान गर्नुपर्ने विषयबारे जानकारी गराउनुभएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा