• होमपेज
  • समाचार
  • तेह्रथुम पावरको आईपीओ सार्वसाधारणका लागि खुल्यो

तेह्रथुम पावरको आईपीओ सार्वसाधारणका लागि खुल्यो

  • बुधबार, भदौ ९, २०७८
तेह्रथुम पावरको आईपीओ सार्वसाधारणका लागि खुल्यो

आजदेखि तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ खरिद गर्न सकिनेछ । कम्पनीले प्रतिकित्ता रू. १०० अंकित दरको रू. ८ करोड बराबरको ८ लाख कित्ता आईपीओ सर्वसाधारणमा विक्री गर्न लागेको हो । कुल कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो ।

छिटोमा भदौ १३ गतेसम्म यो शेयर विक्रीमा रहनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलोमा भदौ २३ गतेसम्म विक्रीमा रहनेछ । यो शेयर खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने संकेत गर्ने इक्राएनपी आईआर डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यो शेयर विक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट समेत आवेदन दिन सकिनेछ । साथै मेरो शेयर मार्फत पन आवेदन दिन सकिने व्यवस्था छ ।

यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू. ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।

आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू. १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको हो । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू. २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ । कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थायिन र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू. ४० करोड पुग्नेछ ।

यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू. १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६÷७७ सम्म कम्पनी रू. ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर आम्दानी रू. ८४ दशमलव ७४ र प्रतिशेयर नेटवर्थ रू. १२ दशमलव ९० ऋणात्मक रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि