• होमपेज
  • समाचार
  • देशभर भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइने, कस–कसले लगाउन पाउनेछन् (सूचीसहित)

देशभर भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप लगाइने, कस–कसले लगाउन पाउनेछन् (सूचीसहित)

  • सोमवार, असार २८, २०७८
देशभर भेरोसेल र जोन्सन एन्ड जोन्सन खोप  लगाइने, कस–कसले लगाउन पाउनेछन् (सूचीसहित)

सरकारले भोली असार २९ गते देखी  चीनबाट ल्याएको भेरोसेल र अमेरिकाबाट ल्याइएको जोन्सन एन्ड जोन्सन खोप अभियान संचालन गर्ने घोषणा गरेको छ ।सरकारको निर्णयअनुसार भेरोसेललाई ५५ वर्ष माथिकाले लगाउन पाउनेछन् भने, जोन्सन एन्ड जोन्सनलाई ५० देखि ५४ वर्ष उमेर समूहका नागरिकले लगाउन पाउनेछन् ।

भेरोसेल ५५ वर्षमाथिका नागरिक, विश्वविद्यालय, विद्यालयका प्राध्यापक शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक र खोप अनिवार्य गरिएका देशमा जाने नागरिकलाई लगाइने भएको छ ।

जोन्सन एन्ड जोन्सन चाहिँ ५० देखि ५४ वर्ष उमेर समूहका नागरिक, पूर्ण र अति अशंक अपांग भएकालाई, नेपालमा बसोबास गरिरहेका शरणार्थीलाई, स्वास्थ्यकर्मीलाई लगाइने भएको छ । खोप लगाउन पहिचान खुल्ने सरकारी कागजात लिएर खोप केन्द्रमा जान मन्त्रालयले आग्रह गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार