• होमपेज
  • समाचार
  • नेपाल टेलिकमको डेटा ह्याक

नेपाल टेलिकमको डेटा ह्याक

  • आइतवार, असार २७, २०७८
नेपाल टेलिकमको डेटा ह्याक

ह्याकरले आक्रमण गरेको आशंकामा नेपाल टेलिकमले आफ्नो एउटा सर्भर बन्द गरेको छ । चिनियाँ ह्याकर समूहले सर्भरमा आक्रमण गरेर डेटा हृयाक गरेको दावी गरेपछि टेलिकमले शंकास्पद सर्भर सर्ट डाउन गरेको प्रवक्ता राजेश जोशीले बताए ।

‘अहिलेसम्म ह्याक भएको पुष्टि भएको छैन, तर सूचना आएपछि सर्भर सट डाउन गरेका छौं,’ उनले भने ।

चीनको ट्याग-२२ ग्रुपले नेपाल टेलिकमको सर्भरमा ‘ग्लास फिस’ सर्भरका माध्यमबाट ‘कोल्भटस्ट्राइक’ मार्फत सर्भर हृयाक गरेका दावी गरेको छ । यो सूमह चीनको राज्य सञ्चालित समूह रहेको दावी गरिएको छ ।

त्यसरी लिक भएको भनिएको कल डिटेल्स र अन्य विवरण डेटा विक्रीमा समेत राखिएको छ । यो सूमहले ताइवान र फिलिपिन्सका टेलिकमसम्बद्ध डेटा पनि सँगै बिक्रीमा राखेको छ ।
‘केही सञ्चारकर्मी साथीहरुले डेटा ह्याकबारे जानकारी दिनुभएपछि हामीले सर्भर ह्याक गरेर अनुसनधान गरिरहेका छौं,’ प्रवक्ता जोशीले भने । टेलिकमको एउटा पुरानो सर्भर ह्याकरको निसानामा परेको हुनसक्ने अनुमान गरिएको छ ।

गत असार ९ गते बिहान करिब अढाई घण्टा टेलिकमको जीएसएम सेवा अवरुद्ध भएको थियो । त्यसमा पनि यसको कनेक्सन हुनसक्ने अनुमान टेलिमका अधिकारीहरुको छ ।
तर, यसबारे टेलिकमले बनाएको एक छानविन समितिले अध्ययन गरिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि