• होमपेज
  • शेयर मार्केट
  • आजदेखि यूनियन लाइफको आईपीओ बिक्री खुल्ला

आजदेखि यूनियन लाइफको आईपीओ बिक्री खुल्ला

  • बिहिबार, असार २४, २०७८
आजदेखि यूनियन लाइफको आईपीओ बिक्री खुल्ला

यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज असार २४ गतेदेखि साधारण शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरमा कूल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको हो ।

आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनीकोषहरुलाई सुरक्षित गरेको छ भने बाँकी ५८ लाख ५ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।

उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा ३२ हजार २५० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

उक्त आईपीओमा सर्वासाधारण लगानीकर्ताले ५८ लाख ५ हजार कित्तामा आवेदन दिन सक्ने छन् । यसको अर्थ दश कित्ता नियम अनुसार ५ लाख ८० हजार ५०० लगानीकर्ताले दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको आईपीओको परेको आवेदनहरुलाई आधार लिंदा २० लाख भन्दा माथिले आवेदन दिने अनुमान सजिलै गर्न सकिन्छ त्यसैले यूनियन लाइफ इन्स्योरेन्सको आईपिओमा दश कित्तामा आवेदन दिँदा पनि पुग्ने देखिन्छ ।

लगानीकर्ताले उक्त आईपीओमा आज असार २४ गतेदेखि छिटोमा असार २८ गते र ढिलोमा साउन ७ गतेसम्म आवेदन दिन सक्नेछन् । इक्रा नेपालले यस कम्पनीलाई इक्रा एनपी इस्यूअर त्रिपल बी रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँदछ ।

लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सक्नेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।

हाल कम्पनीको चुक्ता पूँजी एक अर्ब ५० करोड ५० लाख रुपैयाँ छ । आईपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि