• होमपेज
  • समाचार
  • भेरोसेलको दोस्रो मात्रा असार २२ गतेबाट

भेरोसेलको दोस्रो मात्रा असार २२ गतेबाट

  • बिहिबार, असार १७, २०७८
भेरोसेलको दोस्रो मात्रा असार २२ गतेबाट

स्वास्थ्य कार्यालय काठमाडौंले कोराना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकालाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने जनाएको छ । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काका अनुसार दोस्रो मात्रा खोपका लागि जिल्लाका ३२ स्थानमा खोप केन्द्र तोकिएको हो ।

सरकारले जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाएको थियो। पहिलो मात्रा लगाएका तीन लाख ७० हजार नागरिकलाई असार २२ गतेबाट दोस्रो मात्रा खोप लगाइने तय भएको हो । खोप लगाउनका लागि यसअघि पहिलो मात्रा लगाएको कार्ड अनिवार्य देखाउनुपर्ने बताइएको छ।

काठमाडौं महानगरपालिकाका वीर अस्पताल, शिक्षण अस्पताल महाराजगञ्ज, निजामती कर्मचारी अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, काठमाडौं मेडिकल कलेज, नेपाल प्रहरी अस्पताल, वीरेन्द्र सैनिक अस्पताल, शंकरापुर अस्पताल हिमाल अस्पताल, ओम हस्पितछ एण्ड रिसर्थ सेन्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय र जनमैत्री अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ।

त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकाका मुलपानी नगर अस्पताल र आलापोट स्वास्थ्य चौकीमा दोस्रो मात्रा दिइने छ । तारकेश्वर नगरपालिकाका धर्मस्थली स्वास्थ्य चौकी र मनमैजु स्वास्थ्य चौकीमा खोप दिइनेछ। साथै दक्षिणकाली नागलिकाको शेषनारायण स्वास्थय चौकीलाई खोप केन्द्र तोकिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। कीर्तिपुर नगरपालिकाका आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र विष्णु देवी अस्पताल, बुढानिलकण्ठ नागपालिकाका बुढानिलकण्ठ स्वास्थ्य चौकी र करुणा अस्पताल, गोकर्णेश्वर नगरपालिकाका ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल र अल नेपाल अस्पतालमा भेरोसेल खोपको दोस्रो मात्रा लगाइनेछ।

नागार्जुन नगरपालिकाका राकोट प्राथमिक स्वास्थ्य केन्द्र र इचंगुनारायण स्वास्थय चौकी, चन्द्रगिरी नगरपालिकाका सतुंगल स्वास्थ्य चौकी र सशस्त्र प्रहरी अस्पताल, शंखरापुर नगरपालिकाका लप्सीफेदी स्वास्थ्य चौकी र साँखु स्वास्थ्य चौकीमा कोरोनाविरुद्धको अभियान अन्तर्गत भेरोसेल खोपको दोस्रो मात्रा दिइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि