• होमपेज
  • शेयर मार्केट
  • ३ अर्ब ३८ करोड ५९ लाखको आईपीओ निष्कासन गर्दै उदयपुर सिमेन्ट

३ अर्ब ३८ करोड ५९ लाखको आईपीओ निष्कासन गर्दै उदयपुर सिमेन्ट

  • सोमवार, असार ७, २०७८
३ अर्ब ३८ करोड ५९ लाखको आईपीओ निष्कासन गर्दै उदयपुर सिमेन्ट

उदयपुर सिमेन्ट उद्योग लिमिटेडले सर्वसाधारणलाई प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ३ अर्ब ३८ करोड ५९ लाख २० हजार २ सय रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको हो ।

उद्योगको नाममा रहेको ऋणको साँवा रकम १ अर्ब ७२ करोड ५० लाख र ब्याज रकम १ अर्ब ६६ करोड ९ लाख २० हजार २ सय रुपैयाँ समेत गरी ३ अर्ब ३८ करोड ५९लाख २० हजार २ सय रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्नेछ ।

उद्योगको जेठ ३० गते, आइतबार सम्पन्न साधारण सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिसकेको छ । उद्योगले साधारण सेयर निष्कासन गरी नेपाल सरकारलाई तिर्नुपर्ने साँवा–ब्याज रकम राफसाफ गर्ने योजना गरेको छ ।

त्यसैगरी उद्योगको जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ । उद्योगको १४ आर्थिक वर्षयता हुन नसकेको साधारणसभा एकैपटक सम्पन्न गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार