• होमपेज
  • ब्रेक्इङ न्युज
  • फेरी बढाईयो पेट्रोलियम पदार्थको मूल्य

फेरी बढाईयो पेट्रोलियम पदार्थको मूल्य

  • शनिबार, जेष्ठ २२, २०७८
फेरी बढाईयो पेट्रोलियम पदार्थको मूल्य

इण्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्य सूचीअनुसार आजदेखि लागू हुनेगरि पेट्रोलियम पदार्थको मुल्य बढाएको नेपाल आयल निगमले जनाएको छ।

निगमकाअनुसार पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धन (आन्तरिक) को मूल्य लिटरमा दुई रुपैयाँले बढेको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२३ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ पुगेको छ। त्यस्तै आन्तरिक उडानतर्फको हवाइ इन्धनको मूल्य ७८  रुपैयाँ कायम गरिएको निगमले जनाएको छ। खाना पकाउने ग्याँस र अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य भने यथावत छ ।

भारतीय आयल निगमले पठाएको मूल्य अनुसार १५ दिनमा १ अर्ब १० करोड घाटा हुने अवस्था आएपछि मूल्य वृद्धि गरिएको निगमको दाबी छ । अझै पनि १५ दिनमा ७१ करोड रुपैयाँ घाटा रहेको निमगका प्रवक्ता विनितमणि उपाध्याय बताउँछन् ।

अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मुल्य निरन्तर रुपले बढेकाले भारतीय आयल कर्पोरेशनले पनि मुल्य बढाएर नयाँ मुल्य सुची पठाएको निगमले जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार