• होमपेज
  • बीमा
  • नेपाल लाइफको झण्डा पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा

नेपाल लाइफको झण्डा पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा

  • बिहिबार, जेष्ठ २०, २०७८
नेपाल लाइफको झण्डा पहिलो पटक सर्वोच्च शिखर सगरमाथामा

नेपाल लाइफको प्रतिनिधित्व गर्दै कम्पनीका विजनेस कोअर्डिनेटर युवराज धितालले विश्वको सर्वोच्च शिखर सगरमाथामा नेपाल लाइफको झण्डा गाड्न सफल भएका छन् । धितालले सोमबार विहान ७ बजेर ४५ मिनेटमा सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेका हुन् ।

नेपालको इतिहासमै अभिकर्ताहरुको तर्फबाट पहिलो पटक धितालले सगरमाथा चढ्न सफल भएका हुन् । रुकुम पश्चिम बाफिकोटका धिताल निजामती सेवामा कार्यरत छन् । उनी नापी विभागमा अमिनीको काम गर्दै आएका छन् ।

उनले नेपाल लाइफको प्रतिनिधित्व गर्दै नेपाल लाइफको झण्डा सर्वोच्च शिखर सगरमाथामा फहराउन सफल भएका हुन् । राष्ट्र सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्न पाउदा गर्वले छाती चौडा भएको भन्दै धितालले आफ्नो सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सगरमाथाको सफल आरोहण पछि धिताल अहिले वेस क्यापमा आइपुगेका छन् ।

सामान्य परिवारका धिताललाई आफन्त साथि भाइ तथा इष्टमित्रहरुले सगरमाथा आरोहणका लागि आर्थिक सहयोग गरेका छन् । अभिकर्ता सँगै नेपाल लाइफले पनि धिताललाई सहयोग गर्ने प्रतिवद्धता जनाएको  छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि