• होमपेज
  • बीमा
  • नेको इन्स्योरेन्स कम्पनी २६ औं वर्षमा प्रवेश

नेको इन्स्योरेन्स कम्पनी २६ औं वर्षमा प्रवेश

  • सोमवार, जेष्ठ १७, २०७८
नेको इन्स्योरेन्स कम्पनी २६ औं वर्षमा प्रवेश

नेको इन्स्योरेन्स कम्पनी लिमिटेड जेठ १७ गतेबाट २५ बर्ष पुरा गरी २६ औं वर्षमा प्रवेश गरेको छ । नेको इन्स्योरेन्सले २०५३ साल जेठ १७ गते बीमा समितिबाट अनुमति पाई कारोबार सुरु गरेको थियो ।

प्रमोटर शेयरलगानीकर्ताको ३ करोड रुपैयाँ चुक्ता पूँजीबाट कारोबार शुरु भएको हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ३१ करोड ७४ लाख ३२ हजार रुपैयाँ पुगेको छ । २०५१ सालमा कम्पनी दर्ता गरेको भएपनि दुई वर्षको प्रयासपछि बीमा समितिबाट अनुमति पाएको थियो । नेको इन्स्योरेन्समा गैर आवासीय नेपाली तथा स्वदेशी व्यवसायी समुहको लगानी रहेको छ ।

नेको इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ३६ करोड ४ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै, कम्पनीको जगेडा कोषमा ६८ करोड २३ लाख १७ हजार रुपैयाँ रहेको छ । कम्पनीको बीमा कोष १ अर्ब ७१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी ३५ रुपैयाँ ५२ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ २३५ रुपैयाँ ५९ पैसा रहेको छ । मुल्य आम्दानी अनुपात ४६.८८ गुणा रहेको छ ।

हाल कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा अशोक कुमार खड्का र सञ्चालक समितिको अध्यक्षमा रोहित कुमार भट्टराई रहेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार