• होमपेज
  • बीमा
  • सूर्या लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का प्रस्तावित

सूर्या लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का प्रस्तावित

  • शुक्रबार, जेष्ठ १४, २०७८
सूर्या लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्का प्रस्तावित

सूर्या लाइफ इन्स्योरेन्सले प्रमुख कार्यकारी अधिकृतमा पवन कुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । कम्पनीको आज बिहीवार बिहान ११ बजे बसेको सञ्चालक समितिको बैठकले निमित्त प्रमुख कार्यकारी अधिकृत खड्कालाई सीईओमा नियुक्त गर्ने प्रस्ताव गरेको हो ।

संचालक समितिले खड्काको नाम प्रस्ताव गरे सँगै स्वीकृतिका लागि बीमा समितिमा पठाएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ । अब बीमा समितिले अन्तिम स्वीकृति दिए पछि मात्रै खड्का कम्पनीको  सिइओमा नियुक्ती हुनेछन् । बेलायत बोर्डबाट चार्टर्ड एकान्टेण्ट भएका खड्काको  बीमा, उत्पादन तथा प्रशोधन, हाइड्रो, शिक्षा, अडिटिङ, फाइनान्सियल कन्सल्टिङ लगायतका क्षेत्रमा १५ वर्ष भन्दा लामो अनुभव रहेको छ ।  उनले बीमा कम्पनीको उच्च व्यवस्थापनमा मात्रै साढे ६ वर्ष काम गरिसकेका छन् ।

व्यवस्थापन विषयमा स्नातकोत्तर, एसीसीए  गरेका खड्का जीवन बीमा क्षेत्रमा अनुभवी व्यक्ति हुन् । खड्काले नेपाल लाइफ इन्स्योरेन्सको पनि काम गरेका थिए।

यस अगाडिका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले राजिनामा दिएपछि सञ्चालक समितिको बैठकले नायव प्रमुख कार्यकारी अधिकृत खड्कालाई निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि