• होमपेज
  • फिचर
  • महत्तो, शाह, कार्की होइन भट्टले पुनवीमा कम्पनीको बाजी मार्ने पक्का पक्की !

महत्तो, शाह, कार्की होइन भट्टले पुनवीमा कम्पनीको बाजी मार्ने पक्का पक्की !

  • बिहिबार, जेष्ठ १३, २०७८
महत्तो, शाह, कार्की होइन भट्टले पुनवीमा कम्पनीको बाजी मार्ने पक्का पक्की !

नेपालमा एउटा मात्रै पुनबीमा कम्पनी सञ्चालनमा छ । थप अन्य कम्पनीहरुको आवश्यकता देखाउँदै बीमा समितिले एउटा पुनवीमा कम्पनीको लागि लाईसेन्स दिने आवेदन नै आव्हान गरेको थियो । करिब आधा दर्जन आवेदकले कम्पनी दर्ताको आवेदन दिएको भेटिएको छ । भनिन्छ । नेपालका चर्चित उद्योगपति बीमा बिज्ञहरुले विभिन्न नामका पुनवीमा कम्पनीका आवेदन बीमा समितिमा दर्ताको लागि पठाएका छन् ।

संचालनमा रहेको नेपाल पुनर्बीमा कम्पनीमा लगानी भएकाहरुले नयाँ पुनर्बीमा कम्पनीमा लगानी गर्न नपाउने नियम बनाइएको छ । बीमा समितिले नयाँ पुनर्बीमा कम्पनीको लागि आब्हान गरेको सूचनामा प्रस्तावकले यसअघि नै नेपाल पुनर्बीमा कम्पनीमा लगानी गरेको (क्रस होल्डिङ भएको) भए त्यस्तो प्रस्तावक लगानीकर्ताको प्रस्ताव अमान्य हुने भनि सकेको अवस्था छ ।

अन्य पुनर्बीमा कम्पनीमा लगानी भएकाहरुलाई रोक्नका लागि नयाँ पुनर्बीमा कम्पनीको लाइसेन्सको लागि यस्तो मापदण्ड बनाईएको हो । यस कारण नेपाल पुनर्बीमा कम्पनीमा लगानी भई नयाँ पुनर्बीमा कम्पनीमा लगानी प्रस्ताव गरेका चन्द्र ढकाल, विशाल ग्रुप लगायतलाई लाईसेन्स नदिने एउटा कडी बनेको छ । भन्दा फरक पर्दैन । जबकि बैंक वित्तीय सँस्थाहरुमा कुनै एउटा कम्पनीमा संचालक भएको व्यक्तिले अर्को संस्थामा १ प्रतिशत भन्दा कम सेयर हाल्न पाउने व्यवस्था कायमै छ । हेक्का होस् ।

बीमा विज्ञहरुको दाबी मान्ने हो भने हिमालयन रि मा सरकार निकट उद्योगी तथा व्यवसायीहरुको लगानी रहेको हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका का विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको देखिन्छ ।

यस अघि खासै चर्चामा नआएको हिमालयन रि इन्स्योरेन्सलाई लाइसेन्स दिनका लागि यस्तो मापदण्ड बनेको बीमा विज्ञहरुको दाबी छ । नेपाल लगानी बोर्डका अध्यक्ष सुशील भट्टका सहोदर भाई दिपक भट्टको नेतृत्वमा हिमालयन रि इन्स्योरेन्सले लाईसेन्सको लागि आबेदन दिएको हो।

योग्य र नेपालको बीमा क्षेत्रमा थप योगदान दिन सक्ने व्यक्तिहरु संलग्न भएका प्रस्तावित कम्पनी मध्ये एउटालाई लाइसेन्स नदिएर राजनीतिक दबाबकै कारण लाइसेन्स दिनुपर्ने हुँदा स्वच्छ र स्पष्ट छवी भएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालमाथि नैतिक दबाब बढेको देखिन्छ ।

योग्य व्यक्तिहरु र राम्रा प्रस्तावक कम्पनीहरुलाई लाई पाखा लगाउदै दिपक भट्टको नेतृत्वमा रहेको हिमालयन रि ले लाइसेन्स पाउने पहिल्यै तय भएको बीमा विज्ञहरुको दाबी छ । तर, यो हेर्न बाँकी छ । बीमा विज्ञहरुको दाबी मान्ने हो भने हिमालयन रि मा सरकार निकट उद्योगी तथा व्यवसायीहरुको लगानी रहेको हिमालयन रि मा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, महासंघकाका पूर्व अध्यक्ष पशुपति मुरारका, पूर्व अध्यक्ष भवानी राणा, नेपाल परिसंघका अध्यक्ष सतीशकुमार मोर, शंकर ग्रुपका साहिल अग्रवाल र सुलभ अग्रवाल, केएल दुगड ग्रुपका विकास दुगड, एमभि दुगड ग्रुपका का विवेक दुगड, लक्की ग्रुपका रोहित गुप्ता लगायतका व्यक्तिहरुको लगानी रहेको देखिन्छ ।

यी व्यक्तिहरुको लगानी रहेको हिमालयन रि लाई लाइसेन्स दिनैका लागि संचालनमा रहेको पुनर्बीमा कम्पनीमा लगानी गरेकाहरुलाई प्रस्तावित पुनर्बीमा कम्पनीमा लगानी गर्न नपाइने नियम बनाएर डण्डा बजारेको ती विज्ञको दाबी छ ।
योग्य र नेपालको बीमा क्षेत्रमा थप योगदान दिन सक्ने व्यक्तिहरु संलग्न भएका प्रस्तावित कम्पनी मध्ये एउटालाई लाइसेन्स नदिएर राजनीतिक दबाबकै कारण लाइसेन्स दिनुपर्ने हुँदा स्वच्छ र स्पष्ट छवी भएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालमाथि नैतिक दबाब बढेको देखिन्छ ।

जेन्यूनमा दुई जना बीमा क्षेत्रका विज्ञहरू श्रीमान कार्की र पोखरा विश्व विद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे तथा म्यानपावर व्यवसायी रघु पुरी लगायतले लगानी प्रस्ताव गरेको देखिन्छ । यी सबै कम्पनीले सुरु देखि नै पुनर्बीमाको लाईसेन्स खुलाउनको लागि माग गर्दै आफ्नो तयारी गरिरहेका थिए । तर हिमालयन भने यस अघि खासै चर्चामा नआएको र लाईसेन्स पाउने पक्का पक्की भएर नै अन्तिम समयमा प्रक्रिया पुरा गरि आवेदन दिएको देखिन्छ । हाम्रो होइन राम्रालाई र योग्यलाई लाईसेन्स दिनु पर्ने आजको आवश्यकता हो कि कसो ?

पुनबीमा कम्पनीको लाइसेन्सको लागि आबेदन दिने अन्य कम्पनीमा काठमाडौं रि, अन्नपूर्ण रि, जेन्युन रि, प्रुडेन्सियल रि रहेका छन्। यी मध्ये लामो समयदेखि बीमा क्षेत्रमा सफल रुपमा काम गरिरहेका देवेन्द्र प्रताप शाह, महेश गुरागाई, रमेश कुमार भट्टराई, श्री चन्द्र भट्ट लगायतका व्यक्तिहरुको संलग्नता रहेको काठमाडौं रि ले लाइसेन्स पाउने धेरैको बुझाई रहेको छ । र अझै पनि छ । भन्दा फरक पर्दैन ।
अर्को व्यावसायिक घरानाहरू आईएमई ग्रुप, विशाल ग्रुप लगायतको लगानी रहेको तथा यो समुहसँग राम्रो व्यवस्थापन टीम भएकाले प्रोडेन्सियल रि–इन्स्योरेन्सले पनि लाइसेन्स पाउने आंकलन गरिएको थियो । निष्पक्ष रुपमा अध्ययन हुँदा प्रोडेन्सियल रि–इन्स्योरेन्स र काठमाडौं रि मध्ये कुनै एकले लाइसेन्स पाउन सक्ने बीमा विज्ञहरुको दाबी छ ।

अर्को अन्नपूर्ण मा गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो सहित केही गैरआवासीय नेपालीले समेत लगानी प्रस्ताव गरेको देखिन्छ । त्यस्तै जेन्यूनमा दुई जना बीमा क्षेत्रका विज्ञहरू श्रीमान कार्की र पोखरा विश्व विद्यालयका प्राध्यापक डा. रवीन्द्र घिमिरे तथा म्यानपावर व्यवसायी रघु पुरी लगायतले लगानी प्रस्ताव गरेको देखिन्छ । यी सबै कम्पनीले सुरु देखि नै पुनर्बीमाको लाईसेन्स खुलाउनको लागि माग गर्दै आफ्नो तयारी गरिरहेका थिए । तर हिमालयन भने यस अघि खासै चर्चामा नआएको र लाईसेन्स पाउने पक्का पक्की भएर नै अन्तिम समयमा प्रक्रिया पुरा गरि आवेदन दिएको देखिन्छ । हाम्रो होइन राम्रालाई र योग्यलाई लाईसेन्स दिनु पर्ने आजको आवश्यकता हो कि कसो ?

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि