• होमपेज
  • समाचार
  • नेपाल टेलिकमको २८ दिनसम्म १०० मिनेट निःशुल्क

नेपाल टेलिकमको २८ दिनसम्म १०० मिनेट निःशुल्क

  • सोमवार, जेष्ठ ३, २०७८
नेपाल टेलिकमको २८ दिनसम्म १०० मिनेट निःशुल्क

सरकारी स्वामित्वको दूरसञ्चार कम्पनी नेपाल टेलिकमले सोमबारदेखि फोरजीमा आधारित भ्वाइस ओभर एलटीई सेवाको परीक्षण सुरु गरेकाे छ । कम्पनीले नेपालमै पहिलो पटक यस्तो सेवा सुरूवात गरेकाे हाे ।

विश्व दूरसञ्चार तथा इन्फरमेसन सोसाइटी दिवसको अवसर पारेर कम्पनीले नयाँ सेवाको थालनी गरेको जनाएको छ। आफ्ना सेवाहरुमा आधुनिकीकरण गर्ने क्रममा वायरलेस प्रविधिको चौथो पुस्ताको फोरजीमा एलटीई प्रविधिअन्तर्गत यस्ताे सेवा सञ्चालनमा ल्याएकाे टेलिकमको भनाई छ ।

टेलिकमले यो सेवा प्रिपेड तथा पोस्टपेड फोरजी मोबाइलमा परीक्षणको रुपमा सुरूवात गरेको हो । कम्पनीका अनुसार अब यो सेवाको उपलब्धतासँगै फोरजी मोबाइलमा हाई डेफिनेसन (एचडी) भ्वाइस, डायल गर्ना साथ सम्पर्क कायम हुने नेटवर्कको सहज उपलब्धताका साथै सेवामा थप गुणस्तरीयता महसुस गर्न सकिने छ।

माग बमोजिम उपलब्ध हुने यो सेवाका लागि नेपाल टेलिकमका सेवाग्राहीसँग भीओएलटीई सपोर्ट गर्ने मोबाइल सेट हुन जरुरी छ । प्रयोगकर्ताले आफ्नो मोबाइलबाट *444# डायल गरी प्राप्त निर्देशन अनुसार यो सेवा एक्टिभ गराउन सक्नेछन् ।

यो सेवा मोबाइलमा सक्रिय गर्नका लागि मोबाइलको सेटिङमा गएर भीओएलटीई कल फर एनटीसी सिम समेत इनेबल गर्नुपर्ने हुन्छ । त्यसलगत्तै मोबाइल सेटको माथिल्लो लहरमा भीओएलटीईको संकेत देखा पर्दछ ।

त्यसपछि *111# डायल गर्नुपर्ने हुन्छ । यदि तपाईंको मोबाइलबाट यो अङ्क डायल हुन्छ भने सोच्नुहोस्, तपाईंको मोबाइलमा टेलिकमको यो नयाँ सेवा चलाउन सकिन्छ ।

अन्यथा (भीओएलटीई सपोर्ट नगर्ने अवस्थामा) यो नम्बरमा तपाईंले डायल गर्न सक्नुहुन्न । नेपाल टेलिकमले यो सेवा प्रयोग गर्ने ग्राहकलाई आफ्नो नेटवर्कमा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी एक पटकका लागि १०० मिनेट भीओएलटीई भ्वाइस सुविधा निःशुल्क उपलब्ध गराउने छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि