• होमपेज
  • रेमिटेन्स
  • मनीग्राम र इसेवा मनी ट्रान्स्फरबिच सम्झौता

मनीग्राम र इसेवा मनी ट्रान्स्फरबिच सम्झौता

  • बिहिबार, बैशाख ९, २०७८
मनीग्राम र इसेवा मनी ट्रान्स्फरबिच सम्झौता

मनीग्राम इन्टरनेसनल, सीमा पार पि टु पि रकम भुक्तानी र रकम स्थानान्तरणका लागि एफ वान् सफ्ट ग्रुपको सहायक, इसेवा मनी ट्रान्स्फरसंग साझेदारी गरेको छ ।

बिहीबारको साझेदारी पश्च्यात विश्वभरका मनीग्रामका ग्राहकहरुले सिधै आफ्नो साथी तथा परिवारजनको बैंक खाता वा इसेवा वालेटमा रकम पठाउन सक्नेछन् ।

खाता निक्षेप सेवा सुरु भइसकेको र इसेवा वालेट पनि सुरुवातको तयारीमा रहेको कम्पनीले जनाएको छ ।

सबै प्रमुख बैंकहरु सहित ६५ भन्दा धेरै बैंकहरुसंग जोडिएको, खाता निक्षेप सेवाले नेपालमा रहेका प्राय सबै बैंक खातामा रकम जम्मा गर्न सक्छन् ।

नेपालमा रहेका ४२ लाख भन्दा धेरै दर्ता गरिएका इसेवा वालेट प्रयोगकर्ताहरुमाझ आगामी इसेवा वालेट सेवा नेपालको इन्बाउन्ड रेमिट्यान्सका लागि विशाल कोसेढुङ्गा हुने कम्पनीको विश्वास छ । विश्व बैंकका अनुसार नेपाल रेमिट्यान्सका लागि संसारकै उच्च प्राप्तकर्ताहरु मध्ये एक हो र सन् २०१९ मा मात्र ८.२५ विलियन अमेरिकी डलर बराबरको रेमिट्यान्स देश भित्रिएको थियो ।

भारत र दक्षिण एसियाका प्रमुख नावेद अश्रफ भन्नुहुन्छ, “यस साझेदारीले गर्ने हाम्रो नेटवर्कको विस्तार र हामीले ग्राहक केन्द्रीत क्षमताको कार्यक्रमहरु विस्तार गर्दा हुने थप डिजिटल वृद्धिका लागी हामी उत्साहित छौं”। “वित्तीय सेवाहरु डिजिटलकरणमा अग्रगामी इसेवासंग साझेदार भइ लाखौं गैर निवासी नेपालीहरुलाई सहज रुपमा रकम पठाउन र उनीहरुका लाभार्थीलाई सहज रुपमा रकम प्राप्त गर्ने सेवा उपलव्ध गराउन पाउँदा हामी गौरवान्वित भएका छौं”।

संयुक्त राज्य अमेरिका, दक्षिण कोरिया, अस्ट्रेलिया, युरोपभरका देशहरु र अन्य गरी धेरै नेपाली आप्रवासीहरु यस मनीग्राम र इसेवाको साझेदारीबाट, संसारभरीबाटै सजिलै रकम स्थानान्तरण गर्न सक्नेछन् । रकम पठाउन साधारण रिसीभर विवरण भरे पुग्ने यस सेवाले पठाउने र पाउने दुबैलाई झन्झट मुक्त अनुभव सुनिश्चित गर्छ ।

इसेवाको मूल कम्पनी,एफ वान् सफ्ट ग्रुपका अध्यक्ष, विस्वास ढकाल भन्नुहुन्छ, “मनीग्रामसंग नयाँ सहकार्यका लागी हामी अत्यन्त उत्साहित छौं । मनीग्रामसंगको साझेदारीले नेपालमा अन्तर्राष्ट्रिय रकम स्थानान्तरण गर्न सबैभन्दा भरपर्दो र प्रतिस्पर्धी हाम्रो स्थितिलाई अझ सुदृढ पार्नेछ भने विश्वभर फैलिएका नेपाली आप्रवासीहरुमाझ व्यापक रुपमा पुग्नलाई पनि सक्षम पार्नेछ । मनीग्राम महत्वपूर्ण साझेदार हो, र यो साझेदारीले सीमा पार रेमिट्यान्स डिजिटलकरणका लागि हाम्रो प्रतिबद्धताको उदाहरण दिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि