• होमपेज
  • वाणिज्य बैंक
  • माछापुच्छ्रे बैंकको क्युआर कोड सातै प्रदेशमा !

माछापुच्छ्रे बैंकको क्युआर कोड सातै प्रदेशमा !

  • मङ्लबार, चैत्र १०, २०७७
माछापुच्छ्रे बैंकको क्युआर कोड सातै प्रदेशमा !

नेपाल राष्ट्र बैंकले लिएको नगदरहित कारोबार नीतिलाई कार्यान्यवन गर्ने गराउने मुख्य उद्धेश्य तथा आम नागरिक माझ डिजिटल बैंकिङ्ग सेवाको पहुँच बिस्तार गर्ने लक्ष्य सहित आक्रामक रुपमा लागिरहेको माछापुच्छ्रे बैंकले देशका सातै प्रदेशमा क्युआर कोड सेवा सुरुवात गरेको छ ।

आइतबार नेपाल राष्ट्र बैंक, नेपालगञ्जका निर्देशक गोविन्द प्रसाद नागिलाले कर्णाली प्रदेशको सुर्खेत स्थित कृषि बजार सुर्खेत, पुरानो तरकारी बजार हटियालाईन, अल्का यातायात, नमुना हङकङ बजार हटियालाईन गरि ४ स्थानमा क्युआर कोड सेवाको  सुरुवात गरेका हुन् ।

त्यसैगरि, नगदरहित कारोबारलाई प्रर्वद्धन गर्ने तथा ग्राहक तथा व्यापारिलाई सहज डिजिटल बैंकिङ्ग सेवाको पहुँच पुर्याउने लक्ष्यका साथ बैंकले मंगलबार राजधानीको मनोहरा स्थित तरकारी बजारमा नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागका प्रमुख भुवन कडेलको प्रमुख आतित्थ्तामा व्यवसायीलाई क्युआर कोड हस्तान्तरण गरको छ । यसअघि बैंकले बिभिन्न समयमा अन्य प्रदेशहरुमा औपचारिक कार्यक्रमहरु गरि क्युआर कोड सेवा सुरु गरेको थियो ।

आफुले प्रयोग गरेको बस्तु तथा सेवाको आफ्नै बैंक खाता मार्फत डिजिटल भुक्तानी गर्दा ग्राहकको साथै व्यापरीलाई समेत खुद्रा पैसाको झन्झट नहुने, बचत गर्ने बानिको विकास हुने, व्यापारीलाई हरेक दिन आफुले गरेको व्यापारबाट आएको पैसा जम्मा गर्न बैंकसम्म जानुनपर्ने लगायतका थुपै सुविधाहरुको कारणले गर्दा क्युआर कोड सेवाको पछिल्लो समय सवै वर्ग र क्षेत्रमा आर्कषण बढ्दै गएको छ । यहि कुरालाई मध्यनजर गर्दै बैंकले पछिल्लो समय देशका धेरैजसो स्थानहरुमा आक्रमक रुपमा यो सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका विभिन्न स्थानहरुमा रहेका तरकारी बजार, हाटबजार, होमस्टे, मन्दिर, रेष्टुरेन्ट, कस्मेटिक पसलहरु, यातायात सेवाहरु लगायतका विभिन्न व्यसायीहरुलाई प्रदान गरेको क्यु.आर कोड सेवाले आम ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेको छ । डिजिटल बैंकिङ्ग सेवाको पहुचँ नपुगेका अन्य धेरै स्थान र क्षेत्रमा पनि माछापुच्छ«े बैंकले आक्रामक रुपमा सेवा विस्तार गरिरहेको छ र आगामी दिनमा पनि यो क्रमलाई निरन्तरता दिदै जानेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि