• होमपेज
  • वाणिज्य बैंक
  • नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सुन पसलको कारोबार नगदरहित

नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सुन पसलको कारोबार नगदरहित

  • मङ्लबार, चैत्र १०, २०७७
नेपाल बंगलादेश बैंकसँगको सहकार्यमा सुन पसलको कारोबार नगदरहित

नेपाल बंगलादेश बैंक र नेपाल सुनचाँदी ब्यवसायी महासंघ बिच बैंकिंग साझेदारी सम्झौता भएको छ । उक्त सम्झौतामा नेपाल बंगलादेश बैंक लिमिटेडको तर्फबाट बैंकका सहायक महाप्रबन्धक सलोनिका सिंह तथा नेपाल सुनचाँदी ब्यवसायी महासंघको तर्फबाट महासंघका अध्यक्ष माणिक रत्न शाक्यले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार महासंघसँग आवद्व सुन ब्यबसायीहरुले नेपाल बंगलादेश बैंक लिमिटेडका नेपालभरिका शाखाहरुबाट बिभिन्न बैंकिंग सुबिधाहरु प्राप्त गर्न सक्नेछन् । साथै नेपाल राष्ट्र बैंकको नगद रहित कारोवारलाई प्रवद्र्धन गर्ने नीतिलाई सफल बनाउने उद्देश्यले सुनचाँदी पसलहरुमा खरीदकर्ताहरुले नेपाल बंगलादेश बैंकको क्यूआर कोड मार्फत भुक्तानी गर्न सक्नेछन् ।

साथै नेपाल भरका महासंघ संग आवद्व महिला तथा दलित समुदाय द्वारा संचालित सुनचाँदी ब्यवसायीहरुले नेपाल बंगलादेश बैंक लिमिटेडबाट सहुलियतपूर्ण “महिला उद्यमशील कर्जा” तथा “दलित समुदाय ब्यवसाय विकास कर्जा” पनि प्राप्त गर्न सक्नेछन् । हाल नेपाल बंगलादेश बैंकले ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिंग सुविधा दिंदै आएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा