• होमपेज
  • समाचार
  • नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

  • मङ्लबार, फाल्गुन २५, २०७७
नीलम र बमबहादुर डेपुटी गभर्नर नियुक्त

नेपाल राष्ट्र बैंकमा नीलम ढुंगाना र बमबहादुर मिश्र डेपुटी गभर्नरनमा नियुक्त भएका छन् । मंगलबार साँझ बसेको मन्त्रीपरिषदको बैंठकले ढुंगाना र मिश्रलाई नियुक्त गरेको प्रधानमन्त्री सचिवालय स्रोतले बताएको छ ।

नेपाल राष्ट्र बैंकले पहिलो महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्र बैंककी कार्यकारी निर्देशक नीलम ढुंगानालाई नियुक्त गरेसँगै राष्ट्र बैंकले पहिलो महिला डेपुटी गभर्नर पाएको हो । उनीसँगै अर्का कार्यकारी निर्देशक बमबहादुर मिश्र पनि डेपुटी गभर्नरमा नियुक्त भएका छन् ।

राष्ट्र बैंक ऐनले बैंकका कार्यकारी निर्देशक मध्येबाट गभर्नरले पठाएको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले डेपुटी गभर्नरको नियुक्त गर्ने व्यवस्था गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले ४ जनाको नाम सिफारिस गरेका थिए ।

को हुन् ढुंगाना र मिश्र ? 

डा. नीलम ढुंगाना तिम्सिना

नीलम ढुंगाना तेस्रो वरियताकी कार्यकारी निर्देशक हुन् । उनी हाल राष्ट्र बैंकको आन्तरिक ऋण विभागको जिम्मेवारीमा थिइन् ।

। नीलम २०५४ सालमा सहायक निर्देशकको रुपमा राष्ट्र बैंकको सेवामा प्रवेश गरेकी थिइन् । उनले भारतीय विश्वविद्यालयबाट मौद्रिक अर्थशास्त्रमा विद्यावारिधि गरेकी छिन् । उनको स्थायी घर झापा हो ।

बमबहादुर मिश्र

बमबहादुर मिश्र राष्ट्र बैंकको १३ औं वरियताका कार्यकारी निर्देशक हुन् । उनले हाल विदेशी विनिमय विभागको निम्मेवारीमा थिए ।

वाणिज्य बैंकको अधिकृतस्तरमा करिब ८ वर्षको अनुभवपछि २०५९ साल साउन २७ गते सहायक निर्देशकका रुपमा नेपाल राष्ट्र बैंकमा प्रवेश गरेका मिश्रले १७ वर्षको अवधिमै कार्यकारी निर्देशकको जिम्मेवारी पाएका हुन् । सुपरीवेक्षण विभाग, वीरगञ्ज कार्यालय, विदेशी विनिमय विभाग र बैंक तथा वित्तीय संस्था नियमन विभागमा लामो समयको कार्यानुभव रहेका उनको विज्ञता भने नियमन, सुपरीवेक्षण र विदेशी विनिमय क्षेत्रमा छ ।

शैक्षिक पृष्ठभूमि विज्ञान विषय भएका मिश्रले त्रिभुवनबाट व्यवसायिक प्रशासनमा स्नातकोत्तर ९एमबीए० तथा कानूनमा स्नातक (एलएलबी) समेत गरेका छन् भने जापानको टोकियोस्थित नेशनल ग्राजुएट इन्सिच्युट फर पोलिसी स्टडिजबाट आर्थिक नीतिमा एमफिल समेत गरेका छन् । उनको स्थायी ठेगाना  भने झापाको दमक हो ।

त्यसपछि उनी केन्द्रीय बैंक प्रवेश गरेका थिए। उनले बिएस्सी, एमबिए, एलएलबीका साथै टोकियोबाट आर्थिक नीतिमा एमफिल गरेका छन् ।विदेशी बिनिमय तथा ट्रेड फाइनान्समा उनको विशेष दक्षता छ । यसका अलावा नियमन तथा सुपरिवेक्षणमा पनि उनको दक्षता रहेको छन् ।

Facebook Comments

सम्बन्धित समाचार