• होमपेज
  • शेयर मार्केट
  • महालक्ष्मी विकास बैँकद्वारा ८.८ प्रतिशत लाभांश घोषणा

महालक्ष्मी विकास बैँकद्वारा ८.८ प्रतिशत लाभांश घोषणा

  • शुक्रबार, फाल्गुन २१, २०७७
महालक्ष्मी विकास बैँकद्वारा ८.८ प्रतिशत लाभांश घोषणा

महालक्ष्मी विकास बैंक लि.कोे आर्थिक वर्ष २०७६÷७७ को वासलात नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त भई सञ्चालक समितिको मिति २०७७ फाल्गुन २० गते बसेको ४७८ औ बैठकले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.८०∞ का दरले बोनस सेयर तथा ०.४६∞ नगद लाभांश (बोनस सेयरमा लाग्ने कर प्रयोजनको लागि) गरी जम्मा ९.२६ प्रतिशत वितरण गर्ने निर्णय गरेको छ ।

कोभिड–१९ को महामारीलाई ध्यानमा राख्दै बैंकको साधारण सभा २०७७ चैत्र १३ गते भर्चुवल माध्यमबाट गर्नको लागि सुचना समेत प्रकाशित भईसकेको छ । साधारण सभाबाट पारित भए पश्चात् शेयरधनीहरुलाई बोनस सेयर वितरण गरिने छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखा सञ्जाल रहेको, तथा ३४ वटा एटिएमहरु मार्फत ग्राहकहरुलाई सेवा प्रदान गर्दै आईरहेको महालक्ष्मी विकास बैंक लि.को ५ लाख भन्दा बढी ग्राहक संख्या रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार