• होमपेज
  • वाणिज्य बैंक
  • नबिल बैंकको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ

नबिल बैंकको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ

  • बिहिबार, फाल्गुन २०, २०७७
नबिल बैंकको महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिबृद्धिमा साथ

कोभिड–१९ महामारी विरूद्ध लड्नका निम्ति संयुक्त प्रयासको रूपमा, MoHP/स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रस“ग समन्वय गरी नबिल बैंक, MoHP, एशियाली प्रकोप तत्परता केन्द्र, राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र र चौधरी फाउण्डेशनद्वारा स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरिएको छ ।

महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ भने अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड–१९ र अन्य स्वास्थ्य आपतकालीन÷प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएकोे छ । दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीहरूले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिए ।

उक्त सन्दर्भमा यस राष्ट्रिय साझेदारी कार्यशालाले मुख्यतया प्रदेशहरूका मुद्दाहरू, चुनौतिहरू, अनुभवहरू र शिक्षालाई बा“ड्न र सम्भावित संयुक्त साझेदारी र संसाधन जुटाउने अवसरहरूको पहिचान गर्न केही ठोस अनुगमन कार्यहरूको गतिलाई जारी राख्न, महत्वपूर्ण मञ्च प्रदान गर्दछ र अग्रपंतिका स्वास्थ्यकर्मीहरूका लागि स्वास्थ्य आपतकालीन तत्परता र प्रतिक्रियाको सन्दर्भमा प्रशिक्षण पुस्तिका सहित ज्ञान आदानप्रदानमा मूल्यवान जानकारीहरूको खोजी गर्न मद्दत गर्छ ।

स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो अद्वितीय सार्वजनिक–निजी साझेदारी पहल हो, जुन संघीय, प्रदेशीय र स्थानीय सरकारी अधिकारीहरूले उनीहरूको कर्पोरेट सामाजिक उत्तरदायित्वकोरूपमा निजी क्षेत्रबाट उल्लेख्य योगदान पु¥याएकोमा प्रशंसनीय छ । कोभिड–१९ जस्ता महँमारीको बेला सरकार र नागरिक समाज संगठनहरूको पहललाई सहयोग पु¥याउन निजी क्षेत्रले स्थानीयरुपमा लचिलो स्वास्थ्य प्रणालीको निर्माण गर्न अझ बढी कदमहरु चाल्न सक्छन् । यो पहिलो संयुक्त पीपीपीले सबै सरोकारवालाहरुलाई गतिशीलता र साझेदारीलाई निरन्तरता दिन प्रोत्साहित गरेको छ, जसले नेपाललाई स्वास्थ्य आपतकालीन अवस्थामा विपद् थेग्न सक्ने राष्ट्रको रुपमा उभ्याउनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि