• होमपेज
  • समाचार
  • अनलाइन भुक्तानीको सीमामा वृद्धि

अनलाइन भुक्तानीको सीमामा वृद्धि

  • बुधबार, फाल्गुन १९, २०७७
अनलाइन भुक्तानीको सीमामा वृद्धि

अनलाइनमार्फत् हुने भुक्तानीको सीमामा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले अनलाइन कारोबार तथा भुक्तानीको सीमालाई यसअघिको भन्दा दोब्बर पुर्याएको हो ।

राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार अब मोबाइल बैंकिङबाट प्रतिदिन २ लाख रुपैयाँसम्म कारोबार हुन सक्छ । यसअघि यस्तो सीमा दैनिक १ लाख रुपैयाँ मात्रै थियो ।

त्यस्तै, मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफरका लागि इन्टनेट बैंकिङ प्रयोग गर्दा दैनिक २० लाख रुपैयाँसम्म रकम ट्रान्सफर गर्नसक्ने व्यवस्था गरिएको छ । यसअघि यो सीमा दैनिक १० लाख रुपैयाँ थियो ।

तर, यसअघि नै कुनै पनि सीमा कायम नगरिएका भुक्तानीका हकमा भने यो व्यवस्था लागु भएपछि पनि जतिसुकै रकम ट्रान्सफर गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । एउटै बैंकको खातामा रकम ट्रान्सफर गर्दा, सरकारको सम्बन्धित कार्यालयमा राजश्व, जरिवाना र दस्तुर भुक्तानी गर्दा, बिद्युत्, दूरसञ्चार, खानेपानी लगायतका विलहरु भुक्तानी गर्दा, शिक्षण संस्था, स्वास्थ्य संस्था लगायतमा भुक्तानी गर्दा तथा शेयरको खरिदबिक्रीको लागि भुक्तानी गर्दा भने यस्तो भुक्तानीको सीमा नहुने राष्ट्र बैंकले प्रष्ट्याएको छ ।

यद्यपि प्रतिपटक हुने कारोबारकाे सीमा भने राष्ट्र बैंकले यथावत राखेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि