• होमपेज
  • समाचार
  • हिमालय एयरलाइन्सले कोभिडका कारण रोकिएको दुबई उडान थाल्यो

हिमालय एयरलाइन्सले कोभिडका कारण रोकिएको दुबई उडान थाल्यो

  • मङ्लबार, फाल्गुन ४, २०७७
हिमालय एयरलाइन्सले कोभिडका कारण रोकिएको दुबई उडान थाल्यो

हिमालय एयरलाइन्सले दुबई उडान सुरु गरेको छ। कोरोना महामारीपछि  लामो समय रोकिएको दुबई उडान अब  साताको तीन पटक हुने एयरलाइन्सले जनाएको छ।

यूएईले कोभिड १९ को सुरक्षा मापदण्ड पालना गर्दै यात्रु आवागमन खुकुलो बनाएसँगै हिमालय एयरलाइन्सले  काठमाडौं-दुबई-काठमाडौं उडान फेरि सुरु गर्न लागेको हो।

एयरलाइन्सले काठमाडौंबाट हरेक आइतबार, मंगलबार र बिहीबार  दुबई उडान गर्नेछ भने दुबईबाट हरेक सोमबार, मंगलबार र बिहीबार काठमाडौं उडान गर्ने जनाएको छ।

हिमालय एयरलाइन्सका अध्यक्ष झोउ इंयोङले लामो समयपछि हुन लागेको दुबई उडानका अवसरमा पहिलो तीन यात्रुलाई विशेष उपहार र बोर्डिङ पास दिएर बिदा गरे।

उडानको शुभारम्भ गर्दै उनले भने- ‘कोभिड महामारीका कारण रोकिएका उडानहरु फेरि सुरु गर्नु हाम्रो लागि पक्कै पनि चुनौतीपूर्ण छ। तर पनि हामीले यूएईसँग आफ्नो  संजाललाई फेरि पूर्ववत अवस्थामा अघि बढाउने तयार छौं। हामी यो संजाललाई पुनर्स्थापित गर्न पाउँदा उत्साहित छौं।’

एयरलाइन्सले दुबईस्थित हेल्लो हिमालय ट्राभल एण्ड टुरिजमलाई आफ्नो स्थानीय बिक्री एजेन्ट नियुक्त गरेको पनि जनाएको छ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि