• होमपेज
  • समाचार
  • सनराइज बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

सनराइज बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

  • बुधबार, माघ २८, २०७७
सनराइज बैंकको नयाँ सीईओमा सुमन शर्मा नियुक्त

सनराइज बैंकमा नयाँ प्रमुख कार्यकारी अधिकृतमा सुमन शर्मा नियुक्त भएका छन् । बैंकमा १९ महिना काम गरेर विवादमा परेपछि जनक शर्मा पौडेलले राजीनामा गरेपछि खालि रहेको उक्त पदमा शर्मालाई नियुक्त गरेको बैंकका एक सञ्चालकले बताए । बुधबार विहान बसेको बैंकको सञ्चालक समितिले शर्मालाई नियुक्त गरेको हो ।

पौडेललाई सनराइजमा ल्याउन पहिला नै शर्मालाई नियुक्त गरिएको थियो । तर सञ्चालक समितिमा विवाद भएपछि शर्मालाई हटाएर पौडेललाई नियुक्त गरिएको थियो । शर्मा माछापुच्छ्रे बैंक छोडेपछि खालि नै बसेका थिए । शर्मालाई बैंकको सञ्चालक समितिले चार वर्षका लागि प्रमुख कार्यकारी नियुक्त गरिएको छ।

Facebook Comments

सम्बन्धित समाचार