• होमपेज
  • समाचार
  • सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

  • मङ्लबार, माघ २७, २०७७
सनराइज बैंकका सीईओ जनक शर्मा पौड्यालले दिए राजीनामा

पुर्व अर्थमन्त्री डा. युवराज खतिवडाको आडमा जागिर खाइरहेका सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालले पदबाट राजीनामा दिएका छन् । नियुक्ती कै दिनदेखि विवादमा आएका पौडेलले केहि महिना अघि नै सञ्चालक समितिमा बुझाएको राजिनामा समितिका अध्यक्षले नै रोकेका थिए । उनलाई टिकाउन तत्कालिन अर्थमन्त्री पुत्र तिलकराज खतिवडा समेत लागेका थिए ।

तिलक सोहि बैंकका कर्मचारी हुन भने अध्यक्ष मोतिलाल दुगडलाई सिईओ पौडेलको जागिर बचाउन बाह्य दबाब परेको चर्चा चल्दै आएको थियो । समाचार श्रोतका अनुसार राष्ट्र बैंकले राजिनामा दिन र त्यसलाई कार्यन्वयन गर्न सञ्चालक समिति र सिईओ दुबैलाई लगातार दबाब दिएपछि उनको मंगलबार राजिनामा आएको हो ।

उनलाई संरक्षण गर्दै आएका पुर्व अर्थमन्त्री खतिवडा अमेरिका तर्फ प्रस्थान गरेलगतै पौडेलको राजिनामा आउनुलाई वित्तिय क्षेत्रमा अर्थपुर्ण रुपमा विश्लेषण गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा