• होमपेज
  • देश
  • महाराजगन्जका डिएसपीलाई उन्मुक्ती दिने खेल ?

महाराजगन्जका डिएसपीलाई उन्मुक्ती दिने खेल ?

  • सोमवार, माघ ५, २०७७
महाराजगन्जका डिएसपीलाई उन्मुक्ती दिने खेल ?

काठमाडौंको सामाखुसीमा भएको सुन लुटपाटमा संलग्न भनिएका आरोपीलाई पक्राउ गर्ने प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरिएको छ । सई नवराज इटनीलाई पक्रेर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ ।

पुस १० मा दोलखाका संयोग कार्की र सुवास तिमिल्सिनासहित ५ जनासँग सुन किन्ने ग्राहक बनेर दिपक नेपालीको समूहले सुन लुटेको दावी गरिएको छ । सुर्खेत घर भएका दिपकलाई घटना भएकै दिन महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत ईटनीले पक्रेका थिए ।

३० तोला सुन लुटपाटमा संलग्न आरोपीलाई महानगरीय प्रहरी वृत्त महाराजगञ्जका डिएसपी रोशन खड्कालाई जिम्मा लगाएका थिए । तर, खड्काले अनुसन्धान गर्नुको साटो नेपालीलाई सोही दिन छाडेको पीडितको आरोप छ । उता सई ईटनी अनुसन्धानको घेरामा पर्दा ‘लुटेरा’ पक्रेर बुझाउनेनियन्त्रणमा, डिएसपी खड्कालाई उन्मुक्ती किन ? प्रश्न खडा भएको हो ।

घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालयले प्रहरी उपरिक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा समिति गठन गरेको छ । समितिमा डिएसपी प्रमेश विष्ट र निशान थापा सदस्य छन् ।

प्रहरीले घटनाबारे अनुसन्धान थालेपछि पीडित संयोग कार्की सम्पर्कविहिन भएका छन् । ‘लुटेरा आरोपी’ दिपक नेपाली फरार छन् । पीडित मध्येका सुवास तिमिल्सिनाले अनुसन्धानमा संलग्न प्रहरी अधिकृतसँग सुन नभएर मोवाईल मात्र लुटिएको बयान दिएका छन् । उनको बयानले घटनामा ट्विस्ट आएको अनुसन्धानले देखाएको स्रोतले जनाएको छ ।

डिएसपी रोशन खड्काले आफु उक्त घटनामा नमुझिएको बताउदै आए पनि उनको सम्लग्नता रहेको आशंका छ ।

यद्यपि, सई इटानीले आफ्नो कमाण्डर बसपार्कका निरीक्षकलाई रिपोर्ट नगरी महाराजगञ्ज प्रहरी वृत्त किन लगे ? यो खोजीको विषय हो ।  इटानीले करिब डेढ घन्टा केरकार गरेर महाराजगञ्ज लगेपछि लुटिएको भनिएको सुनबारे सोधीखोजी गरेको भनिएको छ ।

पीडित भनिएकाले सुनको बिल देखाउन नसकेपछि डीएसपी खड्काले पक्राउ परेका नेपालीलाई छाडेको भनिएको छ । तर, कार्कीले भने पीडितलाई नै उल्टै बिल देखाउन भन्दै मुद्दा चलाउने धम्की दिएको आरोप लगाएको खबर राजतिलक साप्ताहिकमा छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि