• होमपेज
  • देश
  • कालिमाटी वृतका डिएसपी बोहोराको धन्दा छताछुल्ल

कालिमाटी वृतका डिएसपी बोहोराको धन्दा छताछुल्ल

  • सोमवार, माघ ५, २०७७
कालिमाटी वृतका डिएसपी बोहोराको धन्दा छताछुल्ल

नेपाल प्रहरीका आईजीपीको खास भन्दै एक वृत प्रमुख डिएसपी निरन्तर आफ्नो धन्दा मच्चाएको खबर छ ।

पछिल्लो पटक नेपाल प्रहरीको कालिमाटी प्रहरी वृतका प्रमुख एबं डिएसपी अपिल बोहोराले सर्वसाधारण नागरिक र प्रहरीहरुलाई अनावस्यक दुःख दिने, अर्थ संकलन गर्ने जस्ता अनुसाशनहिन ब्यवहार प्रर्दशन गर्ने गरेको भन्दै भित्रभित्रै भुषको आगो झै चर्चा चुलिएको छ ।

उनको कार्यशैलीले कतिपय प्रहरीहरु भित्रभित्रै मुर्मुरिएका छन् समाचार स्रोतले भन्यो ।

यस अघि पनि विवादमा तानिएका वृतका प्रमुख एबं डिएसपी बोहोराको कार्यशैलीले केहि प्रहरी अधिकारीहरु नै तनावमा परेको खबर प्रहरी हेडक्वाटर नक्साल सम्म फैलिएको हो ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण डटेर खटिएका वृत मातहतका प्रहरीलाई मनोबल बढाउनुको साटो निकै तनाव दिने गरेको गुनासो फैलिएको हो ।

बोहोराले कालिमाटी बृत सम्हालेसँगै लामपाटी,बल्खु,कुलेश्वर,बाफल,कलंकी,सोल्टी लगायतका प्रहरी कार्यलय प्रमुख मध्ये केहिलाई “यसो मेसो मिलाउनु“ भन्दै दबाब दिने गरेको एक प्रहरी अधिकारीले गुनासो ब्यक्त गरेका छन् ।

त्यसैगरि उनले म नेपाल प्रहरीको संगठन नेतृत्व गरिरहनु भएका आईजीपी सैलेश थापा क्षेत्रीको नातेदार हुँ कसैले समाचार लेख्दैमा केहि नहुने भन्दै उनले कालिमाटी क्षेत्रका व्यापारी,हुण्डी ब्यावसायीहरुसँग हिमचिम मच्चाएकाछन् । एक अग्रवाल व्यापारीसँग मिल्ने र अर्को व्यापारीलाई सताउने धन्दा बढेको गुनासो छ । कालिमाटी प्रहरी वृतका डिएसपी बोहोराको धन्दा छताछुल्ल हुने क्रमसँगै उनको विगत पनि उस्तै विवादित दृखिएको छ । असईबाट प्रहरी सेवामा भर्ना भएका डिएसपी बोहोरा गौशाला,सिंहरवार वृत लगायतका स्थानमा उस्तै विवादित कार्य गर्दैै आएको उनलाई नजिकबाट चिन्ने प्रहरी अधिकारीहरु बताउछन् ।

यसअघि एक काण्डमा तत्कालिन डिआईजी जयबहादुर चन्दलाई समेत आखा छलेर राम्रै रकम जोहो गरेको चर्चा अझै सेलाएको छैन् । सिंहरवार प्रहरी बृतको सुनकाण्डमा एकको ज्यानै गएपछि निलम्बन समेत भएका थिए उनी । कालिमाटी प्रहरी वृतको जिम्मा लिएकै केहि दिनमा हिरासतमा लिइएकाहरु २ जना भागेको घटनाले पनि उनलाई कुनै प्रभाव परेन् । उनी प्रहरी अधिकारीमा सबै भन्दा विवादित सुचीमा छन् तर शक्तीको अगाडि कसैको केहि लाग्दैन् प्रहरी हेडक्वाटरमा यस्तै चर्चा छ ।

डिएसपी बाहोरालाई सबै भन्दा बढि संरक्षण आईजीपी थापा क्षेत्रीलेनै गरिरकाछन् स्रोत भन्छ । उनको कार्यशैलीबाट मेट्रो वान अर्थात एआईजी हरि पाल र किलो वान अर्थात एसएसपी अशोक सिंह वाक्क भएकाछन् । उनको बारेमा धेरै उजुरी परिरहेकाछन् । डिएसपी साप बोहोराले हामीलाई ’हप्कीदप्की’ सहित “यसो मेसो मिलाउन“ दबाब दिनुहुन्छ भन्दै मातहतका कार्यलय समाल्ने प्रहरी प्रमुखहरु चिन्तित भएको स्रोतले जनाएको छ । डिएसपी बाहोराको कार्यशैली अहिले सम्मकै कार्यलय प्रमुखको तुलनामा फितलो भएको स्थानियहरु खुलेरै बताउछन् ।

बिभिन्न प्रकारका ब्यावसायीहरुलाई अनावस्यक तवरबाट दुःख दिने डिएसपी बाहोराको मनसाय छ ।

कलंकी क्षेत्रका होटल,रेष्टुरेष्ट,लज,टिकट काउण्टर लगायतका ब्यापारीहरु प्रहरीको यस्तै रबैया कायम रहे आफ्नो ब्यावसायको ताल्चा कालिमाटी वृतमा बुझाएर पत्रकार सम्मेलन गर्ने जनाउ दिएकाछन् ।

जसका कारण जनता माझ न्यायोचित तवरबाट काम गर्न निकै गाह्रो भयो,म त निकै तनावमा पो परेको छु,वृत मातहतमा कार्यरत प्रहरी अधिकारीको भनाई हो यो ।
डिएसपी बोहोराले यस अघि बाफल पुल,मेघा बैंकेट र बल्खु पुलमा नागरिकलाई अनाहेकमा कुटे । यस्तो अधिकार उनले काहाँबाट पाए ? सर्वसाधारण र प्रहरीहरुले नै औंला उठाएका छन् ।

समय मिल्यो की सोल्टी मोडको एक रेष्टुरेण्टमा बसेर डिएसपी बोहोराले विवादास्पद गतिबिधि गर्ने गरेको स्रोतले खबर दिएको छ ।

राजन भुजेलको उक्त रेष्टुरेन्टमा के हुन्छ ? धन्दा प्रहरी हेडक्वाटर आईजीपी सचिवालयमा पटक पटक मौखिक उजुरी पुगेको छ ।

भुजेलको  रेष्टुरेन्टमा जस्तै लामपाटीको मन्दिर भित्र पनि विवादस्पद गतिबिधि हुने गरेको स्रोतले जनाएको छ । यस्ता गतिबिधिमा बोहोरा सामेल हुने गरेका छन् ।
आइजीपी ’साप’ घुमुवाहरुको अनैतिक काम रोकीएको छैन् । सिमित प्रहरी अधिकारीहरुको भनाईलाई भर पर्दै नबस्नुहोस् । शान्ती सुरक्षा,अमन चयन राख्न सुचनाका लागि घुमुवाहरु आवस्यक होला ? तर खटिएका घुमुवाहरु आर्थिक कारोबारलाई मध्यनजर गर्दे हाकिमलाई ’उ त्यो’ व्यवसायीलाई दुःख दिए पैसा झर्छ भन्ने प्रवृतीमा घुमुवाहरु प्रयोग भइरहेका छन् । समयमै ध्यान जान जरुरी छ ।

कालिमाटी प्रहरी वृतमा झण्डै दश भन्दा बढि घुमुवा कुद्छन् । उनीहरुको स्कुटी र मोटरसाईकल आम्दानीको स्रोत जुटाउन तल्लिन भएको आरोप छ ,खबर राजतिलक साप्ताहिकमा छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि