• होमपेज
  • समाचार
  • इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीबी’ रेटिङ

इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीबी’ रेटिङ

  • बिहिबार, पुस १६, २०७७
इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीबी’ रेटिङ

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई इक्रा नेपालले ‘इक्राएनपी–आईआर बीबीबी’ रेटिङ प्रदान गरेको छ । एक्रा नेपालले प्रदान गरेको ‘इक्राएनपी–आईआर बीबीबी’ ले बैंकको वित्तीय अवस्था मध्यम रहेको जनाउँछ । यस्तै, कम्पनी बैंकले समयमै वित्तिय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।

नेपाल कै ठूलो २० अर्ब चुक्ता पुँजी भएको इन्फ्रास्ट्रचर बैंकले सर्वसाधरणको लागि ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न धितोपत्र बोर्डबाट अनुमति पाइसकेको छ ।  बैंकले जारी गर्न लागेको आईपीओमा प्रत्याभूतकर्ताको काम नागरिक लगानी कोषले गर्नेछ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ ।

हाल बैंकको अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको छ भने सर्वसाधारणहरुलाई शेयर निष्काशन गरी बाँडफाँट गरे पश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ ।

Facebook Comments

सम्बन्धित समाचार