• होमपेज
  • समाचार
  • माकलबारी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

माकलबारी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

  • बुधबार, पुस १५, २०७७
माकलबारी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

माकलबारी बचत तथा ऋण सहकारी संस्थाको दशौ बार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सहकारीले विश्वव्यापी महामारीको रुपमा रहेको कोरोनाभाइरस (कोविड –१९) को कारणले संस्थाले ‘महामारीमा साधारणसभा सञ्चालन कार्यविधि २०७७’ तयार गरी पौष ११ गते देखि १४ सम्म संस्थाको कार्यालय मै साधारणसभा सम्पन्न गरेको हो ।

साधारणसभाको उद्घाटन गर्दै गोकर्णेश्वर नगरपालिकाका सहकारी शाखा प्रमुख पुण्डे दाहालले सहकारीले राम्रो काम गरिरहेको भन्दै आगामी दिनमा पनि अझै आक्रामक रुपमा विस्तार हुन सुझाव दिए । कोभिडको संकटमा सहकारी संस्थाले आफ्नो सदस्यहरुलाई पुराईको सहयोगको उनले प्रसंसा गरे ।

‘सहकारी ऐन २०७४ र नियमावली २०७५’ ले परि कल्पना गरेको ‘एक व्यक्ती एक सदस्य’को अवधारणालाई आत्म–साथ गर्दै मर्जर हुदै गरेकोमा खुशि लागेको छ’ दाहालले भने ‘आगमाी दिन अझै विस्तार हुनु होला ।’ नगरपालिकाले पनि नगर भित्र रहेका सहकारी संस्थाको अनुगमन गरी आवश्यक निदेशन दिदै आएको र अनुगमनलाई थप प्रभावकारी बनाउने उनले बताए ।

कायक्रममा गोकर्णेश्वर नगरपालीका वडा नं. ४ का वडा सदस्य जयराम महतले सहकारीले आगामी दिनमा थप चुस्त र स्तरीय सेवा दिनका लागि सेवाहरुको विस्तार गर्न सुझाव दिए । । ‘सहकारी ऐन २०७७ ले कल्पना गरेको ‘एक व्यक्ती एक सदस्य’को अवधारणालाई पालन गदैं हुन माकलबारी बचत तथा ऋण सहकारी संस्था र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था बिच हदै गरेको एकिकरणको शुभकामना दिए ।

कार्यक्रममा संस्थाका अध्यक्ष उदय सापकोटाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन पेस गर्दै हालसम्म संस्थामा रु. ३ करोड २७ लाख ५५ हजार ५३ कारोबार भएको, सेयर पुँजी रु ४५ लाख ८८ हजार २०० रहेको, ऋण लगानी रु २ करोड १३ लाख ७६ हजार ९८७ रहेको जानकारी उनले साधारण सभामा गराए ।

चार दिनेसम्म चलेको साधारण सभाबाट माकलबारी बचत तथा ऋण सहकारी संस्था लि र उज्यालो संपद बचत तथा ऋण सहकारी संस्था लि. बिच मर्जको घोषण समेत गरिएको थियो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि