• होमपेज
  • विकास बैंक
  • पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

  • मङ्लबार, कार्तिक २५, २०७७
पहिलो त्रैमासमा कामना सेवाका अधिकांश सूचकहरुमा उल्लेख्य वृद्धि

कामना सेवा विकास बैकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो । बैंकले गत आ.व.को यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो । समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो ।

बैंकले गैर सञ्चालन आम्दानी लगायत खुद व्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफामा वृद्धि भएको हो । बैंकले असोज मसान्तसम्म रु ३६ अर्व ७२ करोड निक्षेप संकलन गरी रु २९ अर्व ९३ करोड कर्जा प्रवाह गरेको छ ।

जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो । बैंकको प्रति शेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रति शेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ । यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ ।

काठमाडौं –३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ । बैंकले ABBS, SMS Banking, Mobile Banking, C-ASBA, Online Banking, Social Media Banking लगायतका माध्यमबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको तथा समय सापेक्ष आफ्ना सेवाहरु थप गर्दै जाने बैंकको योजना रहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि