• होमपेज
  • समाचार
  • प्रधानमन्त्रीको प्रश्न : अहिले किन राजीनामा ?

प्रधानमन्त्रीको प्रश्न : अहिले किन राजीनामा ?

  • बुधबार, कार्तिक १९, २०७७
प्रधानमन्त्रीको प्रश्न : अहिले किन राजीनामा ?

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफूले राजीनामा दिएमा देश बर्बादीतर्फ जाने बताउनुभएको छ । त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानको महाराजगञ्जस्थित मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन कार्यक्रममा आज प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा हल्ला फैलिएकै भरमा आफूले राजीनामा नदिने स्पष्ट गर्नुभयो ।

“तपाईँहरु विचार गर्नुहोस् के अहिले मैले राजीनामा दिन मिल्छ ? मैले मेरो लागि भनेको होइन, देशका लागि भनेको हो । अहिले मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर लैजानु हो, त्यसकारण म राजीनामा दिनेवाला छैन, म यो ठाउँमा आएको रहरले होइन, जनताको आवश्यकताले हो”, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० भित्र उत्पन्न पछिल्ला विवादतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो, “म यहाँसम्म आइपुगेको जालझेलबाट होइन, व्यापक जनसमर्थनबाट हो । त्यसकारण तपाईँहरु ढुक्क भएर काममा लाग्नुहोस् । सरकार ढाल्न धेरै कोशिश भए, जेमा पनि आलोचना गर्ने प्रवृत्तिहरु छन् । त्यसबाट प्रभावित नहुनुहोस् । हामी देशको स्थिरताका लागि लड्छौँ ।”

नेकपाको गत भदौ २६ गतेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओलीले वर्तमान कार्यकाल पूरै अवधि सरकारको नेतृत्व गर्ने र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको कार्यकारी अध्यक्षको भूमिका निर्वाह गर्ने लगायत आन्तरिक विवाद अन्त्य गर्ने निर्णय गरेको थियो । पछिल्ला दिनमा नेकपाको कर्णाली प्रदेश कमिटी, मन्त्रिपरिषद् हेरफेर, राजदूत नियुक्ति आदि विषयमा शीर्ष तहमा विवाद भएको छ ।

Facebook Comments

सम्बन्धित समाचार