• होमपेज
  • समाचार
  • ६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’  

६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’  

  • मङ्लबार, कार्तिक १८, २०७७
६ देशलाई पछि पार्दै नेपालकी प्रिन्शा खड्काले जितिन ‘गोल्डेन क्विन अफ २०२०’  

गत बर्ष इजिप्टमा आयोजित अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा ‘मिनी मोडल वल्ड २०१९’ को क्राउन सँगै बेष्ट डान्सर र दुई महिना अगाडि फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड जितेकी प्रिन्शा खड्काले फेरि अर्को अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा जित हाँसिल गरेकी छिन ।
टिभि स्टार्ट इन्टरनेशनल फेस्टिवलले अनलाइन मार्फत आयोजना गरेको अन्तराष्ट्रिय ब्युटी एण्ड प्याजेन्ट शोमा विभिन्न विधामा विश्वभरबाट १६ देशका ४० जना प्रतिस्पर्धीहरु सहभागी थिए । जसमध्य नेपालको प्रतिनिधित्व गर्दै भाग लिएकी ७ वर्षिया प्रिन्शा खड्काले सबैलाई पछि पार्दै ‘गोल्डेन क्विन’ को उपाधि हात पारेकी हुन ।

आज टिभी स्टार्ट फेस्टिवलले ‘गोल्डेन क्विन अफ द टिभी स्टार्ट वल्ड २०२०’ घोषणा गरेको हो । अनलाइन मार्फत विभिन्न चरणमा सम्पन्न प्रतिष्पर्धामा उक्त सफलता प्रिन्शाले हात पारेकि हुन । प्रतियोगितामा प्रिन्शाको विभिन्न भिडियो र तस्बिरहरु  प्रतिष्पर्धाको लागि आयोजकलाई उपलब्ध गराइएको थियो । कार्यक्रमको संयोजन नेपाल स्थित मोर्निंग ग्लोरी इन्टरटेनमेन्ट र मोहना मोथे खनालले गर्नुभएको थियो ।

प्रिन्शाले दुई महिना अघि मात्र साउथ युरोपको बुल्गेरियामा अनलाइन मार्फत आयोजित ‘प्रिन्स एण्ड प्रिन्सेस अफ द वल्ड २०२०’ मा नेपालको प्रतिनिधित्व गर्दै ७ वर्षिया प्रिन्शा खड्काले फस्ट प्लेस ‘गोल्ड प्रिन्सेस अफ द वल्ड २०२०’ को उपाधी सँगै स्पेसियल अवार्ड अफ द फेस्टिवल अन्तर्गत ‘प्रिन्सेस ओर्जिनालिटी’ अवार्ड पनि जितेकी थिइन ।
रुकुमकी प्रिन्शा खड्काले यसअघि नेपालमा आयोजित ‘क्विक्स मिनी लिटल च्याम्प नेपाल २०१९’ लगायत धेरै टाइटल जितिसकेकी छिन । हाल काठमाडौमा कक्षा दुईमा अध्ययनरत प्रिन्शा नृत्य तथा गायनमा पनि उत्तिकै अब्बल छिन । विलक्षण प्रतिभाकी धनी प्रिन्शाले नारायण रायमाझीको बहुचर्चित गित ‘कारगिल भाग २’ म्युजिक भिडियोमा बाल कलाकारको रुपमा उत्कृष्ट अभिनय गरेकि छिन । यस्तै अन्य दर्जन बढि म्युजिक भिडियोहरुमा बाल कलाकारको रुपमा अभिनय गरेकी प्रिन्शाको अभिनय नि त्यतिकै निखारिएको छ ।
Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि