• होमपेज
  • समाचार
  • गोकर्ण निकुञ्ज सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

गोकर्ण निकुञ्ज सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

  • आइतवार, कार्तिक १६, २०७७
गोकर्ण निकुञ्ज सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण राज निकुञ्जको उत्तरपूर्वी भेगस्थित उत्तरवाहिनी क्षेत्रको पर्खाल भत्कँदा जङ्गली जनावरले अन्नबाली नाश गर्न थालेको छ । पर्खाल भत्किएको वर्षौं बितिसक्दा पनि पुनःनिर्माण नगरिँदा गोकर्णेश्वर नगरपालिका–४ र कागेश्वरी मनोहरा नगरपालिका–५ को वाग्मती फाँटमा लगाइएको अन्नबाली निकुञ्जबाट निस्कने जङ्गली जनावरले खाने गरेको हो । कागेश्वरी मनोहरा नगरपालिका–५ कोलमतेश्वरका भगवान् सिम्खडा निकुञ्जबाट रातिको समयमा निस्कने जनावरले अन्नबाली नष्ट गर्ने गरेको गुनासो गर्नुहुन्छ ।

निकुञ्जको करीब चार हजार रोपनी जग्गा घेरिएको आठ किमी पर्खालमध्ये उत्तरवाहिनी क्षेत्रको धेरै भाग भत्किएको छ । गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ पर्खाल भत्किएर किसानले खेतबारीमा लगाएको अन्नबाली नष्ट भएको विषयमा कार्यालयमा पटकपटक जानकारी गराइएको बताउनुहुन्छ । दशैँअघि कार्यालयका सहसचिव बाबुराजा श्रेष्ठले यस क्षेत्रको स्थलगत अवलोकनसमेत गर्नुभएको थियो ।

सडकसँगैको पर्खाल जीर्ण, सवारी चालक जोखिममा

उत्तरवाहिनीबाट दक्षिणढोकासम्मको पर्खालमुनि सडक छ । जहाँबाट दैनिक मोटरसाइकल, साइकललगायत साना सवारी र स्थानीयवासी ओहोरदोहोर गर्छन् । यस क्षेत्रको पर्खाल भने कतै भत्किएको छ भने कतै जीर्ण छ । भत्किएका केही स्थानमा काँडे तार लगाए पनि धेरै स्थानमा खुला छ । खुला स्थानबाट जनावर निस्किएर अन्नबाली खाने, नष्ट गर्ने गरिरहेका छन् ।

गोकर्णबाट जोरपाटी निस्कने सडक विस्तार भइरहेकाले धेरैजसो साना सवारी गोकर्णेश्वर मन्दिरबाट माकालबारी निस्कने सानो सडकबाट हिँड्छन् । विस्तार भइरहेको सडक वर्षामा हिलो र हिउँदमा धुलो हुने भएकाले वैकल्पिक सडक रोज्नु परेको मोटरसाइकलमा यात्रा गरिरहनुभएका दिलेन्द्र रायमाझी बताउनुहुन्छ । पर्खालभित्रतिर राजनिकुञ्जमा पक्की सडक छ । वैकल्पिक रुपमा उपयोग गर्ने गरी राज निकुञ्जभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले पटकपटक माग गर्दै आएको छ ।

जीर्ण हुँदा साना सवारी जोखिममा परेको, भत्किएको स्थानबाट राज निकुञ्जका वन्यजन्तु आई खेतबारीमा लगाएको बाली नष्ट गर्ने गरेको यस क्षेत्रका कृषकको गुनासो छ । नेपाल ट्रष्टको कार्यालयमा यससम्बन्धी गुनासा धेरै पटक गरिएको वडाध्यक्ष श्रेष्ठले सुनाउनुभयो । वर्षौंदेखि जीर्ण बनेको पर्खाल बनाउन कार्यालयको ध्यान नगएको स्थानीयवासी गुनासो गर्छन् । जीर्ण पर्खाल भत्किएकाले दाउरा, रूखलगायत चोर्न राज निकुञ्ज छिर्न पनि सहज भएको छ । नेपाल ट्रष्टको कार्यालयको एकाइ कार्यालय दक्षिणढोकामा छ । जहाँबाट उत्तरवाहिनीतिर पुग्न समय लाग्ने भएकाले पनि निकुञ्जभित्र चोरी गर्न छिर्न चाहनेका लागि सहज भएको छ ।

एकाइ कार्यालयका प्रमुख विष्णुबहादुर बस्नेत पर्खाल भत्किएको विषयमा केन्द्रीय कार्यालयमा वर्षौंअघि देखि नै जानकारी गराउँदै आएको बताउनुहुन्छ । पर्खाल बनाउन चालू आर्थिक वर्षमा ठेक्का भएकाले छिट्टै काम हुने पनि उहाँले सुनाउनुभयो । कार्यालयसँग बजेट भए पनि खर्च गर्ने व्यवस्था नहुँदा पर्खाल बनाउन ढिला भएको उहाँको भनाइ छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि