• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त

टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त

  • शनिबार, कार्तिक १५, २०७७
टर्कीमा भूकम्पबाट भएको क्षति प्रति महासचिव गुटर्रेसद्धारा दुःख व्यक्त

संयुक्त राष्ट्रसंघीय महासचिव एन्टोनियो गुटर्रेसले टर्कीमा भूकम्पबाट भएको जनधनको क्षति प्रति दुःख व्यक्त गर्नुभएको छ । उहाँले पश्चिमी टर्कीमा आएको भूकम्पबाट भएको नागरिकको मृत्यु तथा भौतिक क्षतिको समाचारले आफूलाई निकै दुःख लागेको बताउनुभएको हो ।

राष्ट्रसंघीय महासचिव गुटर्रेसका प्रवक्ता स्टेफन गुटर्रेसले प्रकाशन गरेको विज्ञप्तिमा सो भूकम्पले पश्चिमी टर्कीमा भएको क्षतिले महासचिव गुटर्रेसलाई निकै नै दुःख लागेको बताउनुभएको जानकारी गराइएको छ । शनिबार बिहान पश्चिमी टर्की र ग्रिक टापूमा बढी प्रभाावित गर्ने गरी आएको भूकम्पले ठूलो क्षति पुर्याएको बताइएको छ ।

प्राप्त पछिल्लो समाचारअनुसार उक्त भूकम्पबाट अहिलेसम्म कम्तीमा पनि १७ जनाको ज्यान गइसकेको छ । त्यस्तै सो भूकम्पमा परी करिब ७६३ जना घाइते भएका छन् । घाइतेमध्ये अधिकांशको अवस्था पनि गम्भीर रहेको बताइएको छ । उद्धारमा अटेका अधिकारीहरुले यस भूकम्पमा परी भएको क्षतिको पूर्ण विवरण आउन नसकेको बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि