• होमपेज
  • समाचार
  • नेपालगञ्जमा मोहम्मद डेको हर्षोल्लास

नेपालगञ्जमा मोहम्मद डेको हर्षोल्लास

  • शुक्रबार, कार्तिक १४, २०७७
नेपालगञ्जमा मोहम्मद डेको हर्षोल्लास

इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मदको जन्मोत्सव (मोहम्मद डे) को अवसरमा नेपालगञ्जका इस्लाम धर्मावलम्बीमा आज बिहानैदेखि हर्षोल्लास छाएको छ ।
नेपालगञ्जका विभिन्न स्थान बेलुन, झण्डा, बत्तीसहित सिङ्गारिएका छन् । इस्लाम धर्मावलम्बीहरुले बिहानैदेखि शहरका चोक–चोकमा झाँकी र बाजागाजासहित प्रदर्शन गरिरहेका छन् ।

बाँकेका इस्लाम समुदायका धर्मगुरु तथा अगुवाहरुले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन आग्रह गर्नुभएको छ । कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिम रहेकाले सामाजिक दूरी कायम गरेर मोहम्मद डे मनाउन सबै इस्लाम धर्मावलम्बीमा आग्रह गरिएको धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीले जानकारी दिनुभयो । उहाँले कोरोना भाइरस सङ्क्रमणबाट आफू सुरक्षित राख्दै चाडपर्व मनाउन नेपालगञ्जवासीमा अपिल समेत गर्नुभएको छ ।


जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्दीन राईले अहिलेको विषम परिस्थितिमा स्वास्थ्य सजकताका साथ पर्व मनाउनुपर्ने बताउँदै हालै सम्पन्न भएको दशैं लगायतका अन्य चाडपर्वमा देखिएको सद्भाव र सामाजिक एकतालाई मोहम्मद डे मा पनि कायम राख्न सबैमा अनुरोध गर्नुभयो ।

इस्लामी पात्रोको तेस्रो महिना रविउल्ल अवलको १२ तारिखको दिन नेपाली मुसलमानसहित विश्वभरिका मुसलमान धर्मावलम्बीले विभिन्न धार्मिक कार्यक्रम गरी मोहम्मद डे मनाउँदै आएको इस्लाम धर्मका गुरु मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँका अनुसार आज नेपालगञ्जसहित नेपालका विभिन्न स्थान तथा विश्वभरका मुसलमान धर्मावलम्बीले इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मनाइरहेका छन् ।

“हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी सम्वत्को रविउल्ल अवल महिनामा साउदी अरबको मक्कामा बिबी आमिनाको कोखबाट भएको हो”, धर्मगुरु मञ्जरीले भन्नुभयो, “उहाँको निधन ६३ वर्षको उमेरमा साउदीकै मदिनामा भएको थियो ।” मोहम्मदको जन्मदिनमा विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उहाँका उपदेश र वाणीको स्मरण गर्ने गरिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा