• होमपेज
  • समाचार
  • गोकर्णेश्वरमा हालसम्म एक हजार २५९ जनामा कोरोना

गोकर्णेश्वरमा हालसम्म एक हजार २५९ जनामा कोरोना

  • बिहिबार, कार्तिक १३, २०७७
गोकर्णेश्वरमा हालसम्म एक हजार २५९ जनामा कोरोना

गोकर्णेश्वर नगरपालिकामा हालसम्म एक हजार २५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नगरपालिकामा हालसम्म ६६७ पुरुष र ५९२ महिलामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य शाखाले जनाएको छ ।

जसमध्ये ४४६ पुरुष र ३९७ महिला गरी ८४३ जना निको भएका छन् । नगरपालिकामा नौ पुरुष र आठ महिलाको कोरोनाबाटै निधन भएको नगर प्रवक्ता मनोजकुमार ढुङ्गानाले राससलाई जानकारी दिनुभयो ।

नगरपालिकामा हाल २१२ पुरुष र १८७ महिला गरी ३९९ सक्रिय सङ्क्रमित छन् । होम आइसोलेसनमा २०३ पुरुष र १७६ महिला गरी ३७९ जना आराम गरिरहेका छन् । अस्पतालको आइसोलेसनमा नौ पुरुष र ११ महिला गरी २० जना छन् ।

कोरोना भएका चार पुरुष र एक महिला गम्भीर उपचारमा रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकामा एक हजार ५२८ पुरुष र एक हजार ४०४ महिला गरी दुई हजार ९३२ जनाको पिसिआर परीक्षण गरिएको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि