• होमपेज
  • बीमा
  • प्रभु लाइफको साधारण सभा सम्पन्न, अब आईपीओ निष्कासनको अन्तिम तयारी

प्रभु लाइफको साधारण सभा सम्पन्न, अब आईपीओ निष्कासनको अन्तिम तयारी

  • शुक्रबार, अशोज ३०, २०७७
प्रभु लाइफको साधारण सभा सम्पन्न, अब आईपीओ निष्कासनको अन्तिम तयारी

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले तेस्रो वार्र्षिक साधारण सभा असोज २९ गते बिहीवार सम्पन्न गरेको छ । यस कम्पनीले दशै अघिनै आर्थिक वर्ष २०७५÷७६ को वार्षिक प्रतिवेदन पारित गरेको हो । कम्पनीका अध्यक्ष आत्माराम घिमिरेले सभा समक्ष वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

हाल यस कम्पनीको चुक्तापूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । २०७४ साल मंसिर २८ गतेदेखि नयाँ जीवन बीमा कम्पनीको रुपमा व्यवसाय सञ्चालन गरेको यस कम्पनीले सर्वसाधारणका लागि ६० लाख कित्ता आईपीओ विक्री गर्ने तयारी गरेको छ ।

आईपीओ निष्कासनका लागि कम्पनीले नेपाल धितोपत्र बोर्डमा असोज १४ गते निवेदन दर्ता गराएको छ । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी  २ अर्ब रुपैयाँ पुग्नेछ । बीमा समितिबाट सर्वसाधारणका लागि शेयर जारी गरी २ अर्ब रुपैयाँ चुक्तापूँजी कायम गर्ने गरि यस कम्पनीले कारोबार सञ्चालनको स्वीकृति पाएको थियो । यस कम्पनीले आईपीओको रेटिङ समेत सम्पन्न गरिसकेको छ । कम्पनीको आईपीओ इक्रा नेपालले मध्यम जोखिमको संकेत गर्ने “इक्रा आइआर बीबी प्लस” रेटिङ प्रदान गरेको छ ।

यस कम्पनीले गत आवको चौथो त्रैमासमा  ४ करोड ४४ लाख रुपैयाँ नाफा कमाएको छ । त्यस अवधिसम्म कम्पनीको जगेडा कोषमा १४ करोड ८९ लाख रुपैयाँभन्दा बढी रकम रहेको छ भने बीमा कोषमा १ अर्ब ४ करोड रुपैयाँभन्दा बढी  छ । गत आवको चौथो त्रैमाससम्ममा कम्पनीले १ अर्ब १९ करोड रुपैयाँभन्दा बढी बीमाशुल्क आर्जन गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि