• होमपेज
  • शेयर मार्केट
  • सानिमा जनरल इन्स्योरेन्स आईपीओ बाँडफाँट, पाँच लाख ९० हजारभन्दा बढी लगानीकर्ताको हात खाली

सानिमा जनरल इन्स्योरेन्स आईपीओ बाँडफाँट, पाँच लाख ९० हजारभन्दा बढी लगानीकर्ताको हात खाली

  • शुक्रबार, अशोज ३०, २०७७
सानिमा जनरल इन्स्योरेन्स आईपीओ बाँडफाँट, पाँच लाख ९० हजारभन्दा बढी लगानीकर्ताको हात खाली

सानिमा जनरल इन्स्योरेन्स कम्पनीको आईपीओ शुक्रबार बाँडफाँट भएको छ । विहान विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा गोलाप्रथाबाट २ लाख ७२ हजार आवेदकहरुले १० कित्ताका दरले शेयर पाएका हुन ।

यो आईपीओ खरिदका लागि आवेदन दिने ५ लाख ९० हजार  ५४५ आवेदकहरुको हात खाली भएको छ । कम्पनीले सर्वसाधारणका लागि सार्वजनिक निष्कासन मार्फत २७ लाख ३० हजार कित्ता शेयर विक्री गरेको थियो । कुल ३० लाख कित्तामभ्य १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामूहिक लगानीकोषका लागि छुट्याईएको छ ।

विक्री प्रबन्धकका अनुसार यो आईपीओ खरिदका लागि ८ लाख ६६  हजार ९०५ जनाको आवेदन परेको थियो । यी मध्य ३ हजार ३६० जनाको रितपूर्वक आवेदन नभएकाले रद्ध गरिएको छ । रितपूर्वक आवेदन दिने ८ लाख ६३ हजार ५४५ जना आवेदकहरु गोलाप्रथामा सहभागी भएका थिए । आईपीओ पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब रुपैयाँ पुगेको छ ।

आईपीओ विक्रीका लागि असार १४ गते निवेदन दिएको सानिमा जनरल इन्स्योरेन्सले नेपाल धितोपत्र बोर्डबाट असोज ५ गते स्वीकृति पाएको थियो । यस कम्पनीको प्रतिशेयर आम्दानी  २ दशमलव ६६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १०६ दशमलव ३९ रुपैयाँ रहेको छ । प्रतिशेयर नेटवर्थको आधारमा दोस्रो बजारमा मूल्य निर्धारण हुने हुदाँ कम्पनीको पहिलो कारोबार ३०० रुपैयाँ माथिबाटै हुने देखिन्छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि