• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

  • बिहिबार, अशोज २९, २०७७
थाईल्याण्डमा सङ्कटकाल घोषणा, केही प्रभावशाली नेतासहित २२ पक्राउ

थाई नरेश जर्मनीबाट फर्किने क्रममा प्रजातान्त्रिक अधिकारका लागि भन्दै आन्दोलनरत विद्यार्थी समूहले राजाविरूद्ध नाराबाजी गरेका छन् । राजधानी बैंककमा नै राजाविरोधी नारा लागेपछि सरकारले देशभर सङ्कटकालको घोषणा गरेको छ ।

शान्तिपूर्ण प्रदर्शन तथा ठूला भेला रोक्न कडा सङ्कटकालीन आदेश जारी गरेको विपक्षी नेताहरूले बताएका छन् । विपक्षी समूहले प्रहरीले केही प्रभावशाली नेतासहित २० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको बताएको छ । नागरिक अधिकारको लागि भन्दै उनीहरूले बिहीबार बिहानैदेखि प्रदर्शन गरेका थिए ।

प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरिएको स्वीकार गरेको छ । राष्ट्रिय प्रहरी प्रवक्ता यिङग्युस थप्जुमनोङले भन्नुभयो, “आन्दोलनकारीले आफ्ना गतिविधिलाई हिंसात्मक बनाएपछि शान्ति तथा सुव्यवस्था कायम गर्न कम्तीमा २२ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिई प्रहरी हिरासतमा राखिएको छ । आवश्यक अनुसनधानपछि उनीहरूलाई रिहा गरिनेछ ।”

थाईल्याण्डमा राजतन्त्र र राजपरिवारविरुद्ध बोल्न वा लेख्न नपाइने कानुनी व्यवस्था भएपनि प्रदर्शनकारीहरूले राजा महा वाचिरालङ्कनविरूद्ध नारावाजी गरेपछि सरकारले शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

युवाहरूले प्रजातन्त्रका लागि भनी गर्दै आएको आन्दोलन थप हिंसात्मक बन्ने देखेपछि देशमा सङ्कटकाल लगाउनुको विकल्प नदेखिएको सरकारी अधिकारीले दावी गरेका छन् ।

प्रदर्शनकारीहरूले प्रधानमन्त्रीको राजीनामा र राजाको अधिकार कटौतीको माग गर्दै प्रदर्शन गरेका थिए भने सरकारले देशमा शान्ति र सुव्यवस्था कायम गर्न सङ्कटकाल लगाउनुपरेको बताएको छ ।

हजारौं विद्यार्थी तथा सरकारविरोधी कार्यकर्ता बैंककमा भेला भई शाही मोटर गुड्ने मार्गमा नै अवरुद्ध पार्ने उद्देश्यले सडकमा उत्रिएर तीन औला उठाएर साङ्केतिक रूपमा विरोध प्रदर्शन गर्नुका साथै राजा र सरकारका अधिकार कटौतिासमेतको पक्षमा नाराबाजी गरेका थिए ।

प्रदर्शनकारीले नागरिकका अधिकारका लागि बैककका सडकमा ओर्लिन र आन्दोलनलाई थप सशक्त पार्न आह्वान गरेका छन् भने सरकारले उनीहरूलाई प्रदर्शनका लागि भेला हुन नदिने रणनीतिस्वरूप सङ्कटकालको घोषणा गरेको हो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि