• होमपेज
  • अन्तर्राष्ट्रिय समाचार
  • दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

  • मङ्लबार, अशोज २७, २०७७
दुई अमेरिकी अर्थशास्त्रीलाई अर्थशास्त्र तर्फको नोबेल पुरस्कार

आजको अर्थव्यवस्थामा लिलामी निकै प्रचलित छ । गूगलले विज्ञापन बेच्न, उपभोक्ताले तिर्ने बिद्युत महशुल बुझाउन, र सरकारले टेलिकम कम्पनी र प्रशारकलाई बिक्री गर्ने फ्रिक्वेन्सीमा यही लिलामी विधिको प्रयोग हुने गरेको छ ।

यही लिलामी विधिका बारेमा अनुसन्धान गरेका दुई अमेरिकीलाई अर्थशास्त्र तर्फ यस वर्षको नोबेल पुरस्कार प्रदान गर्ने घोषणा गरिएको छ ।

स्टानफोर्ड विश्वविद्यालयका प्राध्यापकद्वय पल आर मिलग्रोम र रोबर्ट बी विल्सनलाई संयुक्त रुपमा उक्त पुरस्कार प्रदान गरिएको हो । उहाँहरुका खोजका कारण “बिक्रेता, खरिदकर्ता र करदाताहरु सबै लाभान्वित भएका छन्”, नोबेल कमिटीले भनेको छ ।

कुनै समय मिलग्रोमको विद्यावारिधी शोधका सल्लाहकार समेत रहनु भएका ८३ वर्षीय प्राध्यापक विल्सन मिलग्रोमका छिमेकी पनि हुन् ।

यस वर्षको नोबेल पुरस्कार प्राप्त गर्नेहरुमा अमेरिकी अध्येताहरुकै बर्चश्व कायम भएको छ । शान्तिका लागि नोबेल पुरस्कार राष्ट्रसंघीय खाद्य कार्यक्रमले पाएदेखि बाहेक नोबेल पुरस्कार प्राप्त गर्ने कूल एघार व्यक्तिमध्ये सात जना अमेरिकी छन् ।

नोबेल पुरस्कार विजेता विल्सन र मिलग्रोमले संयुक्त रुपमा ११ लाख अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नु हुनेछ ।

रोयल स्वेडिस एकाडेमीका महासचिव गोरान हान्सोनले दोस्रो विश्वयुद्धपछि अनुसन्धानका क्षेत्रमा अमेरिकाले गरेको लगानीलाई पुरस्कारले प्रतिबिम्बित गरेको बताउनुभयो ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि