• होमपेज
  • समाचार
  • लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली जडान

लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली जडान

  • मङ्लबार, अशोज २७, २०७७
लुम्बिनीमा डिजिटल सुरक्षा प्रणाली जडान

बुद्धजन्मस्थल लुम्बिनीको सुरक्षालाई व्यवस्थित बनाउन डिजीटल सुरक्षा प्रणाली शुरु गरिएको छ । लुम्बिनीको उद्यान, बिहार क्षेत्र र लुम्बिनीग्रामको विभिन्न ठाउँमा गरी १७५ सिसि टिभि र २५ वटा पिटिजेड क्यामेरा जडान गरिएको छ । यसबाट लुम्बिनीको सुरक्षा व्यवस्था डिजिटलाइज्ड भएको हो ।

फाइबर र वायरलेस माध्यमबाट लुम्बिनीको महत्वपुर्ण क्षेत्रमा सिसिक्यामेरा जडान गरी चौबिसै घन्टा सुरक्षा निगरानी गरिएको लुम्बिनी विकास कोषका सूचना प्रविधि इञ्जिनियर दिवाकर गौतमले बताउनुभयो । क्यामेराको सम्पुर्ण नियन्त्रण विकास कोषमा राखिएको आइटी कन्ट्रोल रुमले गरिरहेको हुन्छ ।

कन्ट्रोल रुममा नेपाल प्रहरी र लुम्बिनी विकास कोषका सुरक्षाकर्मीले क्यामेरामार्फत मनिटरमा लुम्बिनी क्षेत्रको गतिविधिको निगरानी गर्ने व्यवस्था मिलाइएको छ । “कहिँकतै कानून विपरितको काम भएमा तत्कालै कन्ट्रोल रुमबाट नजिकको सुरक्षा एकाइ तथा कर्मचारीलाई खबर गरिन्छ । अनि तत्काल घटनास्थलमा सुरक्षाकर्मी पुगिहाल्छन्”, कोषका कामु सदस्य सचिव ज्ञानिन राईले भन्नुभयो । लुम्बिनीमा सशस्त्र, जनपथ, पर्यटक प्रहरी, लुम्बिनी विकास कोषका सुरक्षा कर्मचारी र वीर गोर्खा सेक्युरिटी कम्पनीको सुरक्षाकर्मी सुरक्षामा खटिएका छन् ।

लुम्बिनीकै सुरक्षालाई प्राथमिकता दिएर सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षकको कमान्डमा सशस्त्र प्रहरीको गुल्म लुम्बिनीमा छ । नजिकै नेपाल प्रहरीको प्रहरी निरीक्षकको कमान्डमा इलाका प्रहरी कार्यालय लुम्बिनी छ । कन्ट्रोल रूममा १२ वटा टिभि स्क्रिन छन् । यो सुरक्षा प्रविधी जडानको काम आर्थिक वर्ष २०७४।०७५ मा शुरु भएको हो ।

Facebook Comments

सम्बन्धित समाचार

गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
गरिमा विकास बैंक लिमिटेड र टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट बीच सम्झौता
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने

चर्चामा