• होमपेज
  • फिचर
  • किर्ते भौचरको आधारमा प्रभु बैंकले १० करोड २० लाख कर्जा दिएको खुलासाः हेर्नुहोस् (प्रमाण सहित)

किर्ते भौचरको आधारमा प्रभु बैंकले १० करोड २० लाख कर्जा दिएको खुलासाः हेर्नुहोस् (प्रमाण सहित)

  • आइतवार, अशोज ४, २०७७
किर्ते भौचरको आधारमा प्रभु बैंकले १० करोड २० लाख कर्जा दिएको खुलासाः हेर्नुहोस् (प्रमाण सहित)

नेपालको ‘क’ वर्षको प्रभू बैंक लिमिटेडले पोखराका शिव प्रसाद बास्तोलाको जग्गा धितो राखी किर्ते भौचरका आधारमा रामेश्वर थापालाई १० करोड २० लाख कर्जा दिएको भेटिएको छ । बैंकको काम कर्जा दिने नै हो । तर, कर्जा दिँदा पु¥याउनु पर्ने प्रक्रिया बाहिर गएर प्रभु बैंकले कर्जा दिएको एउटा घटना फेला परेको छ ।

बैंक र वित्तिय संस्थामा जनताको ठूलो डिपोजिट छ । त्यही डिपोजिटबाट कर्जा दिने प्रभु बैंकले किन र कसरी कर्जा दियो त हेरौं ।
सिम्रिक एयरका मालिक रामेश्वर थापाले पोखराका शिव प्रसाद बास्तोलाको २० करोड मुल्य पर्ने जग्गा किर्ते भौचर देखाएर हत्याएको खुलेको छ । सोही जग्गा राखेर प्रभु बैंकले १० करोड २० लाख ऋण दिएको पाइएको छ ।

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनको मित्र रामेश्वर थापाले १० करोड २० लाख करोड रुपैयाँ ऋण लिएको देखिन्छ ।
यस बारे विभिन्न निकायमा उजुरी समेत परेको छ । थापाकै उपस्थितिमा बसेको सञ्चालक समितिको बैठकले जग्गा खरिद गर्ने निर्णय गरेको थियो ।

अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लि.ले आफ्नो व्यावसायी विस्तारको क्रममा आवश्यक पर्ने जग्गा खरिद गर्नका लागि विभिन्न ठाउँमा फिल्ड भिजिट तथा सम्भाव्यता अध्ययन पश्चात श्रीमति गिता श्रेष्ठ तथा श्री शिव प्रसाद बास्तोलाको नाममा पोखारा लेखनाथ महानगरपालिका वडा नं. ३१ मा रहेको कित्ता नम्बर ४६६,४६७, १२८६, १२८७, १२८९, १४७५, १४७७, १४७८, १७४३, १८७४, २३३३, २३३५, २३३६, २३३७, २८४९, २८५०, २८५१ र २८५२ का जग्गाहरु यस अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा (टेलिभिजन सब स्टेशन) बनाउन जम्मा रु ११ ०००००००) एघार करोड रुपैयाँमा खरिद गर्ने निर्णय सर्वसम्मतले पारित गरियो ,’ बैठकको निर्णयमा भनिएको छ,‘यस कम्पनिको तर्फबाट सो कागजातमा हस्ताक्षर गर्न यस कम्पनिको कर्मचारी श्री निरज श्रेष्ठलाई अख्तियारी दिने निर्णय सर्वसम्मतले पारित गरियो ।’ बैठकको माइनोटमा उल्लेख गरिएको छ ।

सोही बुँदामा ११ करोडमा किनिएको जग्गा राखेर १० करोड २० लाख रुपैयाँ ऋण लिने निर्णय गरेको उल्लेख गरिएको छ ।साथै सो जग्गा दृष्टि बन्धक राखि प्रभु बैंक लिमिटेडसँग १० करोड २० लाख रुपैयाँ मात्र) कर्जाको लागि अनुरोध गर्ने निर्णय समेत सर्वसम्मतले गरियो,’ निर्णयमा भनिएको छ,‘यस कम्पनीका कर्मचारी श्री निरज श्रेष्ठलाई अक्तियारी दिने निर्णय सर्वसम्मत पारित गरियो ।’ यसबाटै प्रस्ट देखिन्छ, प्रभु बैंकले कर्जा दिएको छ भनेर ।

पोखराका पीडित शिव प्रसाद वास्तोला आफ्नो जग्गा बेच्न होइन केही समयका लागि दिएको हो, पंक्तिकारसंग भने ।
‘जग्गा नै बेच्ने सम्झौता भएको होइन । यो जग्गा बेच्दा त्यतिबेलाको बजार भाउ नै १८ देखि २० करोडको हाराहारीमा थियो,’ बास्तोलाले भने,‘जग्गा फुकुवा गर्ने भएपछि त्यति ठूलो मिडिया चलाउने मान्छेसँग अरु पनि कारोबार हुन्छ भनेर दिएँ । प्रभु बैंकले मलाई बदमासी गरे म फसे ।’

जग्गा पास हुनुअघि नै थापाले निरज श्रेष्ठ मार्फत ५ करोड १० लाख मात्रै दिए । बास्तोलाले पाउनुपर्ने ५ करोड ९० लाख थियो । तर, त्यो रकम दिनुको सट्टा बैंकसँगको मिलेमतोमा नक्कली भौचर दिए । सोही भौचरको विश्वासमा बास्तोलाले अन्नपूर्ण ब्रोडकास्ट मिडिया प्रा.लीको नाममा जग्गा पास गरिदिएको बताए ।

हामीलाई प्राप्त भौचर अनुसार २०७५ कार्तिक २० गते शिव प्रसाद बास्तोलाको नाममा तत्कालीन देव ः विकास बैंक पोखरा शाखामा रहेको खाता नम्बर १०११३२०१४५७००२ मा अन्नपूर्ण ब्रोडकास्टको तर्फबाट निरज श्रेष्ठले प्राईम बैंकको ०००३४३१५१७२१०१ नम्बरको चेक मार्फत १ करोड ४० लाख रुपैयाँ रकम जम्मा गरिदिएको देखिन्छ ।

त्यस्तै गीता श्रेष्ठको नाममा रहेको तत्कालिन देव विकास बैंकको खाता नम्बर १०११३२००१११००५ नम्बरमा अन्नपूर्ण ब्रोडकास्टिङ मिडिया प्रा.लीका तर्फबाट निरज श्रेष्ठले प्राईम कमर्सियल बैंकको चेक नम्बर ०००३४३१५१६२१०१ को ३ करोड ८५ लाख रुपैयाँ जम्मा गरेको देखिन्छ । यो भौचरबाट पनि गीताको खातामा एक रुपैयाँ पनि पाईनन् । यसरी नक्कली भौचार देखाएर हत्याइएको जग्गा राखेर प्रभु बैंकले १० करोड २० लाख रकम ऋण दिएको देखिन्छ । यस बारे राष्ट्र बैंक अझै छानवीन गरिरहेको देखिन्छ ।

कर्जा लिनै अर्को ठूलो एमाउन्टको समेत नक्कली भौचर नै तयार पारेको पाइएको देखिन्छ ।
अन्नपूर्ण ब्रोडकास्ट मिडियाकै नामबाट खातावाला गीता श्रेष्ठको नाममा कैलाश विकास बैंकको पोखरा स्थित तालचोकमा रहेको शाखाको खातामा २०७५ कार्तिक १८ गते प्रभू बैंकको ३ करोड ४५ लाखको चेक जम्मा भएको देखिन्छ । तर, उक्त भौचर समेत नक्कली भएको पाइएको प्रस्टै भएको छ ।

गत कार्तिक १८ गते नै गीता श्रेष्ठकै पोखरा स्थित कैलाश विकास बैंकको खातामा अन्नपूर्ण ब्रोडकास्ट मिडियाको तर्फबाट प्रभू बैंकको २ करोड ३० लाख रुपैयाँको चेक जम्मा गरेको देखिएको छ । बास्तोलाको अनुसार उक्त डिपोजिट स्लिप अनुसार पनि उनीहरुले पैसा भने पाएका छैनन् । जग्गा पास भएपछि प्रभू बैंक र थापले जुन नाटक गरे त्योबाटै प्रस्ट हुन्छ । कर्जा किन र कसरी दिइयो भनेर ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि