• होमपेज
  • समाचार
  • बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउनेः प्रहरीलाई पनि भत्ता

बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउनेः प्रहरीलाई पनि भत्ता

  • मङ्लबार, भदौ ९, २०७७
बूढानीलकण्ठले ५० शय्याको आइसोलेशन बनाउनेः प्रहरीलाई पनि भत्ता

बूढानीलकण्ठ नगरपालिकाले ५० शय्याको आइसोलेशन तयार गर्ने भएको छ । नगर प्रमुख उद्घवप्रसाद खरेलको अध्यक्षतामा सोमबार बसेको ५५ औँ कार्यपलिकाको बैठकले नगरपालिका क्षेत्रभित्र कोभिड –१९ को बढ्दो सङ्क्रमणलाई ध्यानमा राखी आइसोलेशन तयार गर्ने निर्णय गरेको हो ।

उक्त बैठकले बूढानीलकण्ड– १०, डिठ्ठा चौरमा निर्माणाधीन क्वारेन्टिनलाई आइशोलेसन बनाउने निर्णय गरेको छ । त्यस्तै वडा नं २ स्थित बिएमसीएमा पनि आइशोलेसन बनाइने भएको १० नं का वडाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।

आइसोलेशन निर्माण तथा व्यवस्थापनका लागि नगर उपप्रमुख रमादेवी राईको नेतृत्वमा एक समिति निर्माण गरिने छ । बैठकले होम आइशोलेसन व्यवस्थित गर्न वडाध्यक्ष वा निजले तोकेको वडासदस्यीय एक सङ्क्रमित बराबर एक व्यवस्थापन समिति निर्माण गर्न लागेको छ । उक्त समितिका अन्य सदस्यमा एक स्वास्थ्यकर्मी र एक सङ्क्रमितको सहयोगीका रुपमा स्थानीयवासीलाई समेत राखिने भएको छ । आइसोलेशन सहयोगी सङ्क्रमितको आवश्यकता र सरसल्लाहमा तोकिने जनाइएको छ ।

होम आइसोलेसशनमा रहने सङ्क्रमितलाई नगरपालिकाले पोषण सुरक्षावापत रु चार हजार उपलब्ध गराउनाका साथै एकभन्दा बढी सङ्क्रमित रहेको परिवारलाई पोषण सुरक्षावापत रु ६ हजार एकमुष्ट प्रदान गरिने बताइएको छ । यस्तै सङ्क्रमितको सहयोगीलाई प्रोत्साहनस्वरुप प्रतिपरिवार रु दुई हजान दिइने निर्णयसमेत भएको छ ।

सो बैठकले प्रत्येक वडामा यसअघि सञ्चालनमा आएको क्वारेन्टाइन व्यवस्थित रुपमा सञ्चालन गर्ने र क्वारेन्टिन स्थल छनोट गरी तत्काल सञ्चालनमा ल्याइने निर्णय गरेको नगरपालिकाका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।

साथै कोभिडको कारणले गर्नुपरेको बन्दाबन्दी तथा निषेधाज्ञाका समयमा सुरक्षायकर्मीको भूमिकालाई ध्यानमा राखी नगरपालिका क्षेत्रभित्र खटिने प्रहरीलाई प्रतिव्यक्ति रु एक हजार प्रोत्साहनभत्ता उपलब्ध गराइने भएको छ । यसैगरी नगरपालिकाको स्वास्थ्य सुरक्षामा पहिलो घेरामा खटिने स्वास्थ्यकर्मीलाई ७५ प्रतिशत तथा निषेधाज्ञाका समयमा कार्यलयको आवश्यकतानुसार खटिने अन्य कर्मचारीलाई ५० प्रतिशत प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरिएको छ ।

हालसम्म नगरपालिकाभित्र एक हजार नौ जनाको पिसिआर टेष्ट गरिएको छ । नगरपालिकामा जम्मा सङ्क्रमित १३० पुगेका छन् । यस्तै २८ जना कोभिड –१९ बाट निको भई घर फर्किएका छन् । एक सय दुई जना कोरोना सङ्क्रमित अस्पताल तथा घरमा आइसोलेशनमा बसिरहेको नगरपालिकाले जनाएको छ । आज नगरपालिकाका चार स्थानबाट चार सय जनाको पिसिआर टेष्ट गर्ने बैठकले निर्णय गरेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि