• होमपेज
  • समाचार
  • कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

  • शुक्रबार, भदौ ५, २०७७
कोरोना जित्नेको कहानी : बाँचिएला जस्तो लागेको थिएन, पुनःजीवन पाएँ

“कोरोना लागि सकेपछि बाँचौँला जस्तो लागेको थिएन, तर निको भएर घर फर्किँदा निकै खुसी छु ।” यो भनाइ कोरोना सङ्क्रमण भई उपचार पश्चात निको भएर घर फर्केकी पोखरा महानगरपालिका–१९ लामाचौरकी ८८ वर्षीया देवीकुमारी गुरुङको हो ।

कोरोना सङ्क्रमण भई पोखरा–३१ मोहोरियास्थित प्रदेश सङ्क्रमण तथा सरुवा रोग अस्पतालमा गत साउन २६ गते भर्ना हुनुभएकी गुरुङ साउन ३२ गते आइतबार निको भएर विदाइ हुँदा हर्षित देखिनुहुन्थ्यो । “बूढेसकालको शरीर कोरोना जस्तो डर लाग्दो रोग लागेपछि घर फर्कने आश मारेकी थिएँ”, उहाँले भन्नुभयो, “अस्पतालका नानीबाबुको माया एवं व्यवहारले आत्मविश्वास बढ्यो र रोगलाई जितेर अहिले पुनःजीवन पाएजस्तो लागेको छ ।”

विदाइ कार्यक्रममा सहभागी गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश विधायन समितिका सभापति मोहन रेग्मी, गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोद विन्दु शर्मा, स्वास्थ्यकर्मी, जनप्रतिनिधि सहित सञ्चारकर्मीतर्पm फर्केर हँसिलो अनुहारमा अभिवादन गर्दै गुरुङले भन्नुभयो, “आत्मविश्वास बढाएमा कोरोना रोग लाग्दैमा डराउनु पर्ने रहेनछ ।”

कोरोना सङ्क्रमण देखिएर अस्पताल जाँदा राम्रो व्यवहार नपाउने हो कि भनेर डरलागेको उहाँले बताउनुभयो । एक हप्ता अस्पतालमा उपचार गर्दा राम्रो सुविधा पाएको र निको भएको गुरुङसँगै घर फर्कन लाग्नुभएका अन्य नौ जनाले पनि उपचार सेवाको प्रशंसा गर्नुभयो ।

प्रदेश सरकारले सञ्चालन गरेको कोरोना विशेष अस्पतालबाट पहिलो पटक गुरुङसहित १० सङ्क्रमित निको भएर घर फर्किएको अस्पतालका कार्यवाहक मेडिकल सुपरिटेन्डेन्ट डा त्रिभुवन भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार साविक लायन्स सामुदायिक अस्पतालबाट गण्डकी प्रदेश सङ्क्रमण तथा सरुवा रोगमा परिणत भएको अस्पतालमा हाल २६ सङ्क्रमितको उपचार भइरहेको छ ।

“अस्पतालमा हाल ३४ आइसोलेसन कक्ष छन्”, डा भण्डारीले भन्नुभयो, “बिरामीको आवश्यकता एवं सरकारको नीति नियमअनुसारनै सेवा प्रदान गरेका छौँ । अस्पतालमा ३४ स्वास्थ्यकर्मीले सेवा प्रदान गर्दै आएका छन् ।” गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा शर्माका अनुसार प्रदेशका विभिन्न अस्पतालमा हाल २०९ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि