भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले सेल्सबेरी डिपार्टमेन्ट स्टोरसँग आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानमा राखी ‘सेलपे सेल्सबेरी अफर’ ल्याएको छ । यो अफर कार्तिक ३० गते सम्म लागु हुनेछ्र ।
यो अफर अन्तर्गत ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरको २३ ओटा आउटलेटमा कुनै पनि सामान खरीद गरी सेलपेबाट स्क्यान एण्ड पे मार्फत भुक्तानी गरे १५ प्रतिशत वा ९अधिकतम रु ५००० पाउने छन् ।
‘सेलपे सेल्सबेरी अफर’ मा सहभागी भई डिस्काउन्ट पाउनको लागि सेल्सबेरीबाट सामान किन्दा सेलपेलाई भुक्तानी माध्यमको रूपमा छनौट गर्नुहोस् र सेलपे एप्पमा रहेको पे मर्चेन्ट मा क्लिक गरि काउण्टर मा रहेको स्क्रीनमा देखाएको क्यु–आर कोर्ड स्क्यान गरि भुक्तानी गर्न सक्नेछ ।
यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नु पर्नेछ । यो अफर कार्तिक ३० गते सम्म लागु हुने जनाएको छ ।
सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो । सेलपेका अन्य विशेषताहरु यस प्रकार रहेको छ
सेलपेद्धारा विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, , बिमा रकम भुक्तानी, इएमआई भुक्तानी, कोविड१९ को बिमा रकम भुक्तानी तथा शेयर कारोबार, P2P, P2B, B2P, B2Bआदि वास्तविक समयमा गर्न सकिन्छ ।