• होमपेज
  • समाचार
  • होटल र रेष्टुराँमा बसेर खान प्रतिबन्ध

होटल र रेष्टुराँमा बसेर खान प्रतिबन्ध

  • बुधबार, साउन २८, २०७७
होटल र रेष्टुराँमा बसेर खान प्रतिबन्ध

काठमाडौं कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएको भन्दै नयाँ नियम लागु गरेको छ । मन्त्रिपरिषदको बैठकले यसअघि होटल रेष्टुराँ, ट्राभल र ट्रेकिङ खोल्ने भनिएकोमा अब भने होटल तथा रेष्टुराँमा बसेर खान नपाइने तर प्याक गरेर मात्रै लैजाने पाउने (टेक अवे) निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले भने, ‘होटल तथा रेष्टुराँमा बसेर खान पाइँदैन, टेक अवे मात्रै पाइन्छ ।’

खतिवडाले होटल रेष्टुराँमा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्रै परिचालित हौं भन्दा भिडभाड गर्ने, मास्क नलगाउने र स्वास्थ्यको जोखिम बढाउने प्रवृति भएकाले उक्त निर्णय गरिएको जानकारी दिए ।

त्यसैगरी भदौ १ गतेदेखि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तोकेको मापदण्ड हुने गरी छोटो, मध्यम र लामो दूरीका तथा अन्तर जिल्ला सञ्चालन हुने निजी तथा सार्वजनिक यातायात सवारी साधन चल्ने दिने भनिएकोमा त्यसलाई संशोधन गरी भदौ १६ गतेदेखि सञ्चालन गर्ने निर्णय गरिएको छ ।

त्यसैगरी भदौ १ गतेदेखि शैक्षिक संस्था, सैलुन, स्वीमिङ, सभा सम्मेलन, पुस्तकालय खोल्ने भनिएकोमा अब भदौ १६ गतेपछि मात्रै खोल्ने निर्णय गरेको छ ।

बैंक, सहकारी, लघु वित्तीय, संस्था तथा जनतासँग प्रत्यक्ष रुपमा सेवा प्रवाह गर्ने संघ संस्थाहरुले अनलाइनका माध्यमबाट वित्तीय सेवा प्रवाह गर्ने, ५० प्रतिशत कर्मचारीबाट मात्रै सेवा प्रवाहको व्यवस्था मिलाउने र बाँकी कर्मचारीले घरबाटै काम गर्ने व्यवस्था मिलाउनु पर्ने बैठकले निर्णय गरेको छ ।

त्यसै गरी बैठकले अत्यावश्यक बाहेकका सभा, बैठक गर्न पाउने निर्णय गरेको छ ।

त्यसैगरी सरकारले अब १० वटा सीमा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ । मंगलबार मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता डा। युवराज खतिवडाले जानकारी दिए ।

उनका अनुसार बैठकले गत जेठ १२ गतेको निर्णयमा २० वटा नाकाबाट नेपाल प्रवेश गर्न सक्ने भनिएकोमा त्यसलाई संशोधन गरी १० वटा नाकाबाट मात्रै नेपाल प्रवेश गर्न पाउने निर्णय गरेको छ ।

नेपाल भारत सीमावर्ती १० वटा नाकामा काँकडभिट्टा झापा, रानी नाका मोरङ, माडर सिराह, गौर रौतहट, बीरगञ्ज पर्सा, बेहलिया रुपन्देही, कृष्णनगर कपिलवस्तु, जमुना बाँके, गौरीफन्टा कैलाली जिल्ला र गठ्ठा चौकी कञ्चनपुर जिल्लाका नाकाबाट मात्रै अब नेपाल प्रवेश गर्न पाइनेछ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि