• होमपेज
  • मनोरञ्जन
  • ८० जना भन्दा बढी कलाकार स्वरमा “तिन पुस्ते” गीतको रेकडिंग सम्पन्न

८० जना भन्दा बढी कलाकार स्वरमा “तिन पुस्ते” गीतको रेकडिंग सम्पन्न

  • मङ्लबार, साउन २७, २०७७
८० जना भन्दा बढी कलाकार स्वरमा “तिन पुस्ते” गीतको रेकडिंग सम्पन्न

लोक तथा दोहोरी गीत संगीतको क्षेत्रलाई मात्र ब्यवसाहिकताको रुपमा लिईरहँदा पछिल्लो समय आफ्नै कला संस्कृति र मौलिकता को जगेनार्थ करिब दुई घण्टाको गीत सार्बजनिक हुने तयारी भैरहेको छ । लगभग एक वर्ष लगाएर तयार भएको गीतको आज मात्रै औपचारिक रुपमा रेकडिंग कार्य सम्पन्न भएको छ । गीतलाई केहि दिनमा नै सुनाखरी मल्टी मिडिया फाउन्डेसन प्रालिले सार्बजनिक गर्ने जानकारी प्राप्त छ ।

गीतलाई हेमन्त शिशिरको संगीत संयोजन तथा माधव थापाको लय शब्द र परिकल्पनामा तयार पारिएको हो । नदेख्नेलाई देखाउने, बिर्सिएकालाई सम्झाउने र मौलिकताको संरक्षणका निमित्त तयार पारिएको गीतमा करिब ८० जना भन्दा बढी कलाकारहरुको स्वर सुन्न सकिन्छ । गीतमा कुमार बस्नेत, नवराज घोरासैनी देखि लिएर पछिल्लो समय सबैको मनको सांगीतिक ढुकढुकी बनिरहेकी बाल गायिका आयुष गौतम लगाएतको स्वर सुन्न सकिन्छ । त्यसैले पनि यस गीतलाई निर्माण युनिटले “तिन पुस्ते” नामकरण गरेको छ ।

तिनै पुस्ताका कलाकारहरुको संलग्नता यस गीतमा भएको कारण पनि नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्र सम्वृद्धिका निमित्त महत्वपुर्ण भूमिका हुने विश्वास गर्न सकिन्छ । किन कि कुनै पनि क्षेत्रमा भएको एकताबद्धले उक्त क्षेत्रलाई उदारणीय साबित गर्नका लागि सहज हुने गर्दछ । सुनाखरी मल्टी मिडिया फाउन्डेसन तथा कलाकार माधब थापा माफत प्राप्त भएको जानकारी अनुसार यस गीतको म्युजिक भिडियो अबको केहि दिनमा नै निर्माण हुने छ । भिडियोमा गायक स्वयम् ले अभिनय गर्ने छन् । माथि उल्लेखित गीतको भोलिबाट नै अडियो मिक्सिंग सुरु गरिने शिशिर डिजिटल प्रालिका संचालक हेमन्त शिशिरले जानकारी गराएका छन् । मिक्सिंग अवधि कति हुने भन्ने बारे भने उनले यो इतिहांसीक काम पहिलो पटक गरेको हुनाले अन्यौल रहेको बताएका छन् ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि