• होमपेज
  • अटो
  • टुटल, पठाओ, सारथीलगायतका संस्थाको भविष्य अन्योल

टुटल, पठाओ, सारथीलगायतका संस्थाको भविष्य अन्योल

  • शुक्रबार, साउन २३, २०७७
टुटल, पठाओ, सारथीलगायतका संस्थाको भविष्य अन्योल

दुई पाङ्ग्रे सवारी साधनमार्फत यात्रु बोक्ने सेवालाई कानूनको दायरामा ल्याउनेबारे अझै टुङ्गो लाग्न सकेको छैन । यातायात व्यवस्था ऐनमा नसमेटिएको यो सेवालाई न त कुनै व्यवस्थामा समेटिएको छ न त कारवाहीको दायरामा नै ल्याइएको छ ।

संशोधनका क्रममा रहेको सवारी तथा यातायात व्यवस्था ऐनमा सो व्यवस्था समेट्ने गरी छलफल भइरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता सरोजकुमार प्रधानले बताउनुभयो । उहाँका अनुसार मन्त्रालयले यो सेवा कानूनको दायरामा ल्याएर सञ्चालन गर्ने योजना बनाएको छ । विभागबाट मन्त्रालय पुगेको सो विधेयकमा नयाँ आएका सवारी साधनसमेत समेट्ने गरी छलफल अघि बढेको छ । उहाँले भन्नुभयो, “अहिलेको समयमा नकार्न नसकिने यी सेवालाई कसरी समेट्ने भनी छलफल भइरहेको छ ।”

हाल नेपालमा टुटल, पठाओ, सारथीलगायतका संस्था यो सेवामा छन् । पछिल्लो झण्डै पाँच वर्षमा यो सेवाप्रति यात्रुको आकर्षण बढेको छ । बन्दाबन्दी खुकुलो बनाएर सरकारले गत असारदेखि निजी नम्बर प्लेटका सवारी साधन सञ्चालन थालेसँगै यसको प्रयोग अझै बढेको पाइन्छ । सवारी ऐनमा रातो नम्बर प्लेटका सवारी साधनले यात्रु बोक्न नपाउने व्यवस्थाकै आधारमा यातायात व्यवस्था विभागले सेवा रोक्न पटकपटक प्रयास गरे पनि आमनागरिकको यसप्रतिको आकर्षणका कारण निर्णय फिर्ता लिएको थियो । सार्वजनिक यातायातमा क्षमताभन्दा बढी यात्रु राख्ने, तोकिएभन्दा बढी भाडा लिने, छोटो दूरीमा रोकिरहँदा गन्तव्यमा पुग्न घण्टौँ लाग्ने हुँदा सेवाग्राहीमा यी सेवाप्रतिको आकर्षण बढिरहेको छ ।

Facebook Comments

सम्बन्धित समाचार

पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
पोखराको नयाँ गाउँमा प्रभु बैङ्कको शाखा कार्यालय सञ्चालन
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंक गम्भिर अपराधमा जोडियो बैंकको छाप, कर्मचारीको सहि र बैंकको ट्याग लागेका नोटको बजारमा विगविगीः किष्ट बैंककै बाटोमा एनआईसी एशिया बैंक !
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
एनआईसी एशिया बैंकद्वारा अदालतले रोक्का राखेको जग्गा मालपोत कार्यलय प्रमुखसंगको मिलोमतोमा विक्री, उप्रेती परिवारको उठिबासः निकम्मा राष्ट्र बैंक बेखबर (प्रमाण सहित)
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ती वितरण
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
ज्योति क्यापिटलले महिलाहरुको नि:शुल्क डिम्याट र मेरो सेयर खाता खोलिदिने
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि
कामना सेवा विकासले जित्यो दोस्रो चितवन बैंकर्स फुटसलको उपाधि